MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

अनुदानले किसान व्यावसायिक बन्दै

इलाम वैशाख ६ –  व्यावसायिक गाई, बाख्रा र बंगुरपालन गर्दै आएका किसानलाई प्राथमिकतामा राख्दै जिल्ला पशुसेवा कार्यालय इलामले अनुदान रकम उपलब्ध गराएको छ । कार्यालयको युवा लक्षित पशुविकास कार्यक्रम अन्तर्गत साना गाई फार्मका लागि जिल्लाका चारजनाले एउटा गाई बराबर २० हजार रुपैयाँका दरले अनुदान रकम पाएका छन् । अनुदानका लागि कार्यालयले आह्वान गरेको आवेदनमा माग भन्दा बढी आवेदन परेको थियो । 

चारजनाको लागि मात्र अनुदान रकम दिइनुपर्ने भएपनि २८ वटा निवेदन परेको थियो । अनुदान पाएकाले गोठमा पाँचभन्दा बढी गाई अनिबार्य हुनुपर्थ्यो । कार्यालयका प्राविधिक डिगबहादुर कार्किका अनुसार चुलाचुली, देउमाई नगरपालिका, जीतपुर र पशुपतिनगरका किसानले अनुदान रकम पाएका हुन् ।

यस्तै युवा लक्षित कार्यक्रम अन्तर्गत नै बाख्रा फार्म सञ्चालनका लागि जिल्लाका जमुना, शान्तिडाँडा, बरबोटे र नामसालिङ्गका चारजना किसानले एक/एकलाख रुपैयाँका दरले अनुदान रकम पाएका छन् । त्यस्तै बंगुर फार्म सञ्चालनका लागि लुम्देका एकजना किसानले एकलाख रुपैयाँ अनुदान रकम पाएको प्राविधिक कार्किले जानकारी दिनुभयो । 

यस्तै गाईको मझौला गाई फार्म सञ्चालनको लागि सूर्योदय नगरपालिकाका एकजना किसानले साढे दुई लाख रुपैयाँ अनुदान रकम प्राप्त गरेका छन् । कार्यालयको युवा लक्षित पशुविकास कार्यक्रममा यो वर्ष जम्मा विभागबाट १४ लाख रुपैयाँ प्राप्त भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया