MENU

खेल

Ncell Axiata
USAID

रेफ्रीका दुई विवादास्पद निर्णय, रियल मड्रिडलाई फाइदा

वैशाख ६ – साबिक विजेता रियल मड्रिड लगतार सातौं सिजन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा जर्मन क्लब बार्यन म्युनिखलाई समग्रमा ६–३ ले हराएर स्पेनिस क्लब रियल मड्रिडले अन्तिम चारमा स्थान पक्का गरेको हो । रियल मड्रिडको यो यात्रामा क्रिष्टियानो रोनाल्डो नायक बने । तर यो खेलमा रेफ्रीले गरेका दुई निर्णय विवादित रह्यो । खेलमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बार्यनले अग्रता लियो । त्यसपछि रोनाल्डोल रियलका लागि बराबरी गोल फर्काए । तर रियलका सर्जियो रामोसले आत्मघाती गोल गरेपछि खेल अतिरिक्त समयमा धेकेलियो । पहिलो लेगमा रियल २–१ ले विजयी भएकाले होम एण्ड अवेका आधारमा पनि दुवै तर्फबाट बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको हो । त्यसअघि ८४ औं मिनेटमा बार्यनका अटुरो भिडाल दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए । भिडाललाई दोस्रो पटक पहेँलो कार्ड दिने रेफ्री भिक्टर कास्साइ र उनका अफिसियलको निर्णय विवादित बन्यो । तर यसले रियल मड्रिडलाई फाइदाजनक बन्यो । भिडालले रियलका एसेन्सियोसँगको ट्याकलका कारण दोस्रो पहेँलो कार्ड पाएका हुन् । यस्तै अरिक्त समयमा रोनाल्डोल रियलका लागि गरेको दोस्रो गोल पनि विवादि बन्यो । रोनाल्डोले १०४ औं मिनेटमा सर्जियो रामोसको पासमा गोल गरेका हुन् । तर रामोसले पास दिने बेलमा रोनाल्डो अफसाइडमा उभिएका थिए । तर रेफ्रीले रोनाल्डोको गोललाई अफसाइड मानेन् । बार्यनका प्रशिक्षक कार्लोस एन्सिलोटीले रेफ्रीको निर्णयको विरोध गरेका छन् । उनले क्वाटरफाइनलमा राम्रो रेफ्री राख्नु पर्ने वा भिडियो रेफ्री प्रविधि प्रयोग गर्नु पर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • रोनाल्डोलाई बल छुन नै नदिने रणनीति

    असार १४ – चिलीले पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई बल सकेसम्म छुन नदिने रणनीति लिने भएको छ । चिलीले फिफा कनफेडेरेशन कप फुटबलको सेमिफाइनलमा बुधबार राति पोर्चुगलसँग खेल्दैछ ।

  • जर्मनी र स्पेन फाइनलमा

    असार १४ – जर्मनी र स्पेन २१ वर्षमुनिको युरोपियन च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेका छन् । मंगलबार राति भएको फाइनलमा आ–आफ्नो खेल जित्दै जर्मनी र स्पेनले उपाधि यात्रा तय गरेका हुन् ।

  • भारतका बुमराह र दक्षिण अफ्रिकाका ताहिरलाई पछि पार्दै पाकिस्तानका वासिम नम्बर एक

    पाकिस्तानका बाँया हाते स्पिनर इमाद वासिम आइसिसी ट्वेन्टी ट्वेन्टी बलरको वरियतामा नम्बर एकमा पुगेका छन् । यसअघि नम्बर एकमा रहेका दक्षिण अफ्रिकाका इमरान ताहिर तेस्रो र भारतका जसप्रित बुमराह दोस्रोमा छन् ।

  • दक्षिण कोरियाका मेस्सी

    दक्षिण कोरियाका ‘लियोनल मेस्सी’का रुपमा चिनिएका लि स्योङ वु सन् २०११ देखि बार्सिलोनामा छन् । तर अहिलेसम्म उनले बार्सिलोनाको ‘बि’ टिमबाट एक खेल खेल्न पाएका छन्, जसका कारण उनी आफ्नो करिअर एकै ठाउँमा अड्किएको भन्दै असन्तुष्ट छन् ।

  • रुसी फुटबल खेलाडीले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपः फिफा छानबिनमा

    असार १२ – विश्व फुटबलको प्रशासकीय निकाय फिफाले रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको जनाएको छ ।

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया