MENU

राजनीति

Ncell Axiata
chhaka panja

मोर्चा तयार भए तराईका केही जिल्लामा दोश्रो चरणमा चुनाव : उपप्रधानमन्त्री थापा

रुपन्देही, वैशाख ६ – उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापाले मधेसी मोर्चा स्थानीय चुनावमा आउने निश्चित हुने हो भने तराई मधेसका केही जिल्लामा दोश्रो चरणमा चुनाव गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टिले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चालाई चुनावमा ल्याउन अन्तिमसम्म सरकारले कोशिस गर्ने तर वैशाख ३१ को चुनाव भने कुनैपनि हालतमा नसर्ने बताउनुभयो ।

राप्रपाका अध्यक्ष समेत रहनु भएका उहाँले स्थानीय चुनाव वहिष्कार गर्ने निर्णयमा पुर्नविचार गर्न मधेसी मोर्चासँग आग्रह गर्नुभयो ।

मधेसी मोर्चाकै सहमतिमा सरकारले संविधान संसोधनको प्रस्ताव संसदमा दर्ता गरेको बताउँदै अझैपनि कमि कमजोरी छन् भने संशोधन कै प्रक्रियामा सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया