MENU

खेल

Ncell Axiata
USAID

१०० गोलको दौडः रोनाल्डो बने पहिलो, पछि परे मेस्सी

वैशाख ६ – रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो च्याम्पियन्स लिग फुटबलमा एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । रोनाल्डोले लिग अन्तर्गत क्वाटरफाइनलको दोस्रो लेगमा मंगलबार राति बार्यन म्युनिखसँगको खेलमा ह्याट्रिक गर्दै एक सय गोल पूरा गरेका हुन् । यो खेलमा ४–२ को जित निकालेको रियल मड्रिड समग्रमा ६–३ को जितसहित लगातार सातौं सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा स्थान बनाउन सफल भयो । एक सय गोलको दौडमा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पार्दै पहिलो खेलाडी बने । रोनाल्डो र मेस्सी सन् २०१४–१५ को सिजन सकिँदा बराबरीको अवस्थामा थिए । त्यसबेला दुवै खेलाडीको च्याम्पियन्स लिग गोल संख्या समान ७७ थियो । तर रोनाल्डोले गएको सिजन १६ गोल थप्दै मेस्सीलाई पछि पारे । यो सिजन यो सिनज मेस्सीले धेरै गोल गर्दै रोनाल्डोसँगको दूरी कम गरेका थिए । मंगलबार रातिको खेलमा रोनाल्डोले ह्याट्रिक गर्दै एक सय गोल गर्ने खेलाडीको दौडमा आफूलाई अघि पारे । मेस्सीले अहिलेसम्म च्याम्पियन्स लिगमा ९४ गोल गरेका छन् । रोनाल्डोले युरोपस्तरको क्लब प्रतियोगितामा अहिलेसम्म १०३ गोल गरेका छन् भने मेस्सीको ९७ गोल छ । तर च्याम्पियन्स लिगमा रोनाल्डोले गरेको सय गोल म्यानचेस्टर युनाइटेड (१५) र रियल मड्रिड (८५) बाट हो । तर मेस्सीले सबै ९४ गोल एउटै क्लब बार्सिलोनाबाट गरेका हुन् । रोनाल्डो एक्लैले च्याम्पियन्स लिगमा एक सय गोलको आँकडा पूरा गरेको रात नै स्पेनिस क्लब एथ्लेटिको मड्रिडले क्लबको तर्फबाट एक सय गोल पूरा गर्‍यो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ?

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • मेस्सीको बायाँ खुट्टामा जादु

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी

    वैशाख ११ – चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

  • म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल

    वैशाख ११ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो ।

  • आइपिएलमा बैंग्लोरको खराब कीर्तिमानः ९.४ ओभरमा ४९ रन

    वैशाख ११ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया