MENU

समाज

Ncell Axiata
USAID

मध्यपहाडी लोकमार्ग : उत्साह र निराशा उत्तिकै

नवदीप अजनबी/उज्यालो । 

नुवाकोट, वैशाख ६ – पुष्पलाल मध्यपहाडी लोकमार्गको ताप्लेजुङबाट पश्चिममा बैतडीको झुलाघाटसम्म १७ सय ८६ किलोमिटरमध्ये नुवाकोटमा  ६६ किलोमिटर पर्दछ । 

सिन्धुपाल्चोकबाट धादिङ जोड्ने क्रममा मध्यपहाडी लोकमार्गले नुवाकोटका एक नगरपालिका र ४ गाउँपालिकालाई छुन्छ । अहिलेको योजना अनुसार नुवाकोटमा मध्यपहाडी लोकमार्ग शिवपुरी गाउँपालिकाको पाटीभञ्ज्याङबाट नुवाकोट प्रवेश गर्ने राजमार्ग पञ्चकन्या गाउँपालिका, लिखु गाउँपालिका, विदुर नगरपालिका र मेघाङ गाउँपालिकाको सामरीबाट  धादिङ जिल्लामा प्रवेश गर्नेछ । अहिले शिवपुरी गाउँपालिका लिखु गाउँपालिका, विदुर नगरपालिका र मेघाङ गाउँपालिकामका केही ठाउँमा सडक विस्तारको काम भइरहेको छ ।

यो लोकमार्गले कति क्षेत्रफल जग्गा लिन्छ भन्ने जानकारी नहुँदा स्थानीय बासिन्दा अन्यौलमा छन् । जिल्लामा कार्यालय भएपनि कर्मचारी कोही नभेट्दा स्थानीय बासिन्दाले सडक सम्बन्धी जानकारी समेत पाउन नसकेको मध्यपहाडी लोकमार्ग आयोजना प्रभावित क्षेत्रका बासिन्दाले गठित ढिकुरे सडक संघर्ष समितिका संयोजक नारायण अधिकारीले बताउनुभयो । ‘हामी सडक छेउका वासिन्दा कतिखेर उठिबास हुनु पर्ने हो भन्ने त्रासमा छौं । सडकले कति सीमा लिन्छ, भन्ने हामीलाई केही थाह छैन’ उहाँले भन्नुभयो ‘जिल्लामा आधिकारीक अधिकारीहरु कोही भेटिदैनन् ।’

सडक कताबाट जाने र कति जमिन ओगट्छ भन्ने यकिन नहुँदा गंगटे ढिकुरे सडक छेउमा भूकम्पले भत्किएका घरहरु बनाउन समेत अन्यौल भएको उनीहरुको भनाई छ । अन्यौल भएपनि मध्यपहाडी लोकमार्गले जिल्लामा चहलपहल भने ल्याएको छ । फराकिला सडक निर्माण थालिएको देखेपछि सांघुरा सडकमा दैनिकी चलाइरहेका स्थानीय बासिन्दालाई अब चाहिँ केही होला भन्ने आशा पलाएको छ । तर सडक विस्तार गर्दा जग्गाको मुआब्जा नपाउने भएकाले उनीहरु निराश पनि भएका छन् । 

नागरिकको सम्पत्तिमा सरकारले सडक विस्तारको नाममा सित्तैमा हडप्न नपाउने लिखु गाउँपालिका थानसिङका विनोद पाठकले बताउनुभयो । ‘हामी विकास विरोधी त होइनाैं । तर जग्गा घर परेको खण्डमा राज्यले उचित मुआब्जा दिनु पर्छ’ उहाँले भन्नुभयो । 

सडकको केन्द्रदेखि दायाँ २५ मिटर र बायाँ २५ मिटर कायम हुन्छ रे भन्ने यहाँका बासिन्दाले सुनेका छन् । तर सडक १० मिटर चौडा मात्र बनाइने मध्यपहाडी लोकमार्ग आयोजनामा नुवाकोट धादिङ हेर्दै आउनुभएका सिनियर डिभीजनल इन्जिनियर माधव महतले बताउनुभयो । 

महतका अनुसार सरकारले अहिले नै यो लोकमार्गको सडक सीमा निर्धारण नगरेपछि भविष्यमा राष्ट्रिय राजमार्गको अवधारणा अनुसार नै लैजान सक्छ । राष्ट्रिय राजमार्गको प्रावधान अनुसार विस्तार गरेमा सडक केन्द्रबाट दायाँ बायाँ २५/२५ मिटर छाडेर थप ६ मिटरमा पनि पक्कि संरचना बनाउन पाइंदैन । सडक विस्तारमा जग्गाको मुआब्जा दिने सरकारको नीति नै नभएको उहाँले बताउनुभयो । सडक विस्तारको क्रममा घर परेमा  र पुल बन्ने ठाउँमा भने क्षतिपूर्ति दिने व्यवस्था छ । कतिपय ठाउमा नयाँ ट्याक नै खोल्नु पर्ने भएको कारण पनि जग्गा सडकमा धेरै जान सक्ने उहाँले बताउनुभयो । 

मध्यपहाडी राजमार्ग बनेपछि स्थानीय जग्गा विना मुआब्जा जाने भएपनि यसको दीर्घकालिन फाइदाबाट भने स्थानीयबासिन्दा खुशी देखिएका छन् । सामान्य ग्रामीण सडकले सदरमुकामसम्म बल्लतल्ल जोडिएको गाउँलाई पूर्वपश्चिम राष्ट्रिय राजमार्गले जोडिने भएपछि स्थानीयबासिन्दामा उत्साह छाएको छ । नुवाकोटसँग सिमाना जोडिएपछि डाँडापारीको जिल्लाको रुपमा रहेको सिन्धुपाल्चोकसँग अब नुवाकोटको सोझो यातायात सञ्जाल जोडिनेछ । सडकसँग जोडिएको जग्गाको भाउ आकाशिएको छ भने पहिलेका साना बजारहरु अहिले फराकिलो हुने क्रममा छन् ।

यो पनि पढ्नुहोस्

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै– ३ : परिवर्तनको ढोका खोल्दै मध्यपहाडी लोकमार्ग

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै–२ : तेह्रथुम र पाँचथरमा यसरी हुँदैछ काम

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै–१ : मेचीकाली जोड्ने लोकमार्गको यस्तो छ प्रगति

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया