MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

‘ए मेरो हजुर–२’ निर्देशक झरना थापाको एउटा खुट्टा सानो अर्को ठूलो, कसरी ?

काठमाडौं, वैशाख ६ – नायिका झरना थापाले ‘ए मेरो हजुर–२’ बाट निर्देशकको परिचय थपेकी छन् । उनी  नेपाली सिने उद्योगकी विवाद रहित नायिका मध्येकी एक हुन् । सरल र अनुशासित झरनाले आफूलाई चटपटीपना नभएको र तडक भडक नजानेको नायिका भएको बताउँछिन् । 

तर उनी प्राय सिनेमाहरुमा भने वास्तविक चरित्रभन्दा उल्टो भूमिकामा देखा परेकी हुन्छिन् । सिनेमामा छुच्चो र घमण्डी भूमिकामा देखिने भएका कारण धेरैले आफूलाई वास्तवमै पनि छुच्ची र घमण्डी सोच्ने गरेको झरना बताउँछिन् । त्यसो त उनले अभिनय गरेको चलचित्र ‘मुग्लान’ को बाह्र हाते पटुकी गीतबाट उनलाई ‘बाह्र हाते’ नायिका भनेर पनि धेरैले भन्ने गर्छन् ।

एउटा खुट्टा ठूलो अर्को सानो

तपाईँले याद गर्नु भएको छ ? नायिका झरना थापाको एउटा खुट्टा सानो छ भने अर्को खुट्टा केही ठूलो छ । धेरैले याद नगरेको हुनुपर्छ । तर यो रहस्य नायिका झरना स्वयमले खुलासा गरेकी छन् । कसरी भयो त ? भन्ने हाम्रो जिज्ञासामा झरना भन्छिन्, ‘मैले अभिनय गरेको सिनेमा मध्ये ‘मुग्लान’ एउटा राम्रो सिनेमा हो जुन सिनेमा पछि मलाई धेरैले ‘बाह्र हाते हिरोइन’ पनि भन्नुहुन्छ ।

त्यो सिनेमाको ‘आज बाह्र हाते पटुकीको कुरा गर मायालु’ बोलको गीतमा मैले नाँचेकी थिएँ । त्यो गीत धेरै बज्यो । धेरैले मन पराउनु भयो । तर दुःखको कुरा त्यही गीतको सुटिङमा मेरो खुट्टा फ्याक्चर भएको थियो जसका कारण मेरो एउटा खुट्टा सानो र अर्को खुट्टा अलि ठूलो अर्थात मोटो र मसिनो हुन पुग्यो ।’

सबैभन्दा धेरै टेक खाएको ‘ए मेरो हजुर’ 

झण्डै १० वर्ष पहिले शिव रेग्मीद्वारा निर्देशित सिनेमा ‘ए मेरो हजुर’ नायिका झरना थापाको लागि  सबै भन्दा अपठ्यारो सिनेमा बनेर आएको थियो जुन सिनेमामा अभिनय गर्दै गर्दा उनले सिनेमा क्षेत्रमा किन आएछु ! भनेर आफैलाई गाली गरेकी थिइन् । झरनाले आफैले आफैलाई गाली गर्नु पर्ने अवस्था किन आयो त ? यस बारेमा उनी भन्छिन्, ‘कुपण्डोलमा इन्डोर सुटिङ थियो जहाँ मैले रुँदै एउटा सम्वाद बोल्नु पर्ने थियो । तर म बाट कैयौँ पटक कोशिस गरेर धेरै टेक दिँदा पनि राम्रो गर्न सकिन ।

सम्वाद याद भए आँसु नआउने, आँसु आए सम्वाद बोल्न नआउने । यो क्रम एक डेढ घण्टा चल्यो । शिव रेग्मी दाई पुरै होपलेस हुनु भयो । त्यती बेला मैले मनमनै सोचें यो क्षेत्रमा मैले किन लाग्ने रहर गरेछु ! भनेर । तर पछि श्रीकृष्ण दाई र शिव दाईले मलाई आराम गर्न लाउनु भयो । एक घण्टा जति आराम गरेर मैले सम्वाद बोलेँ । त्यो सम्बाद अहिले पनि याद छ, ’आँखा नदेख्ने भएर एक चोटी हजुरलाई हेर्न पाऊँ, अनि चाहिदैन संसारको कुनै पनि खुशी । मात्रै यती हो की यती धेरै खुशी दिन सकुँ की ...... यती धेरै खुशी दिन सकुँ की.....’ हाँसो ।

झरनाका श्रीमान सुनिल थापा कि सुनिल कुमार थापा ?

हामीले उनका श्रीमान् सुनिल कुमार थापा र अभिनेता सुनिल थापामा धेरै मान्छेहरु झुक्किने प्रसंगलाई पनि छोयौँ । चलचित्र क्षेत्रकै सुनिल कुमार थापासँग प्रेम विवाह गरेकी झरनालाई पहिले–पहिले धेरैले अभिनेता सुनिल थापासँग विवाह भएको भन्ठान्थे ।

विवाह पछि झरनाको विवाह गुण्डा सुनिलसँग भएको हो ? भनेर धेरैले सोध्ने गरेको झरना बताउँछिन् । दुईटै सुनिलको नामसँगै थर पनि एउटै भएका कारण सुरु–सुरुमा धेरै मान्छेहरु झुक्किएको झरनाले बताइन् । झरनाका पति सिनेमा निर्माता तथा व्यवसायि हुन् भने अभिनेता सुनिल थापा उर्फ राते काईँला भिलेनको रुपमा सफल भएका अभिनेता हुन् ।

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया