MENU

बातावरण-कृषि

Ncell Axiata

नेपालको आकाशमा रमाईलो उल्का वर्षा

काठमाडौं, वैशाख ६ – मौसमले साथ दिएको वैशाख महिनामा उल्का वर्षाको रमाईलो दृश्य देखिन सक्ने खगोलविदले बताएका छन् । नेपाली आकाशमा यो महिना दुई वटा उल्का वर्षाका रमाईला दृश्य देखिने खगोलविद सुरेश भट्टराईले बताउनुभयो । 

वैशाख ५ गतेदेखि सक्रिय भएको विणा उल्का वर्षा (लाइरिड मिटियोर सावर), आउँदो १२ गतेसम्म रहने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार बैशाख १३ गते औंशी परेकाले यस वर्षको उल्का वर्षा ९ गते राति पोने १० बजेदेखि पौने ३ बजेसम्म हेर्दा उत्तम हुन्छ ।

थ्याचर नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का बर्षा देखिने गर्दछ । थ्याचर पुछ्रेताराले सूर्यको एक परिक्रमा लगाउन ४१५ वर्ष लगाउँदछ । यस्तै यसै महिनाको २३ गते कुम्भ उल्का वर्षा (एटा एक्वारिड मिटियोर सावर) पनि हुँदैछ ।

हेली नामक पुछ्रेताराले छोडेका धुलाका कणहरु पृथ्वीको वायुमण्डलमा घर्षण भई जलेर नस्ट हुँदा उल्का बर्षा देखिने खगोलविद सुरेश भट्टराईले बताउनुभयो । हेली पुछ्रेताराले सुर्यको एक परिक्रमा लगाउन ७६ वर्ष लगाउँछ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • लमजुङमा २५ लाख अलैँचीको बिरुवा बिक्री, दुई करोड आम्दानी

    लमजुङ, साउन ११ – लमजुङमा २५ लाखवटा भन्दा बढी अलैँचीको बिरुवा बिक्री भएको छ । जिल्लाभित्र र बाहिर गरी २५ लाख भन्दा बढी अलैँचीका बिरुवा बिक्री भइसकेको नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले जनाएको छ ।

  • बालीमा भाइरस ! वैज्ञानिक भन्छन् - ‘उपचार पत्ता लागेको छैन’

    विरुवामा लाग्ने रोगबाट बच्न किसानले धेरै मात्रामा विषादी प्रयोग गर्न थालेपछि माटो प्रदुषित भएर उर्वराशक्ति घट्दै गएको छ । माटोको प्रदुषणले उर्वराशक्ति घट्दै गएपछि बाली विरुवामा भाइरसको संक्रमण बढेको छ ।

  • बाली बिमामा किसानको रुचि भएन, तीन वर्षमा एकजनाले मात्रै गरे बिमा

    दोलखा, साउन १० – दोलखामा बाली बिमा सुरु भएको तीन वर्षमा जम्मा एकजना किसानले मात्रै बिमा गराएका छन् । बाली बिमाप्रति किसानको आकर्षण नबढेको जिल्ला कृषि विकास कार्यालय दोलखाले जनाएको छ ।

  • अकबरे खुर्सानीको व्यवसायिक खेतीमा किसान आकर्षित

    प्रकाश धौलाकोटी/उज्यालो । तेह्रथुम, साउन ९ – तेह्रथुममा परम्परादेखि मसला बालीको रुपमा छिटपुट मात्रै खेती गर्दै आएको अकबरे खुर्सानीको पनि व्यवसायिक खेती सुरु भएको छ । किसानले धान, मकै, कोदो लगायत अन्नबाली लाग्ने जमीनमा समेत अकबरेको खेती थालेका छन् ।

  • बाँदरले बाली नष्ट गरेपछि किसान चिन्तित

    तेह्रथुम, साउन ७ – खेतबारीमा पाक्न लागेको बाली बाँदरले नष्ट गर्न थालेपछि तेह्रथुमको छथर गाउँपालिकाका किसान चिन्तित बनेका छन् । गाउँपालिकाको फाक्चामारा, हमरजुङ, पन्चकन्या लगायत गाउँमा किसानले लगाएको बालीनाली हुलका हुल बाँदर आएर नष्ट गर्ने गरेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया