MENU

विचार/अनुभूति

Ncell Axiata
sagun

म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे

पुस्तक अंश

डा. विष्णुप्रसाद भट्ट-

मलाई स्वप्नमा समेत आक्रमणको प्रयास भइरहेको छ भन्ने संकेत आएको थियो । प्रत्यक्ष भौतिक आक्रमणको सम्भावना त थिएन तर अभिचार क्रियाहरुको माध्ययमबाट पनि मानिसलाई कसरी विचलित पार्न सकिन्छ ? कसरी मानसिक रुपमा कमजोर बनाउन सकिन्छ ? भन्ने काम भयो ।

नेपाली भट्ट मानसिक वा शारीरिक रुपमा छिन्न भिन्न भयो र श्रीपशुपतिनाथमा पूजा गर्न सकेन भन्ने सन्देश दिन सकियो भने यो विषय अझ हजार वर्ष पर धकेलिन्छ भनेर उनीहरुले सबै विधि अपनाए । म बैलाएं, भागें या मरें भने पहिला कुनै वर्ष श्रीपशुपतिनाथमा नेपाली भट्ट पुजारी राखेको तर नसकेर भाग्यो रे त्यहाँ नेपाली जानु हुदैन भन्ने किंवदन्तीका कुरा स्थापित हुने भएकाले मैले प्रतीकार गर्न सक्दो विधि अपनाएं ।

मैले आफूलाई के महसुस गर्छु भने “म मसानघाटको खरानीबाट जिउँदो भएर आएको मान्छे” किन भने म हर प्रकारले मर्ने, बहुलाउने र भाग्ने कुराको विरुद्धमा सशक्त संघर्ष गरेर स्थापित भएको मान्छे । धेरै नेपालीहरु प्रधानमन्त्री भए हाम्रो देशमा तर श्रीपशुपतिनाथको भट्ट हुने अवसर कुनै नेपालीलाई जुरेन । म श्रीपशुपथिनाथको एक्लो पूजारी हुँ । ऐतिहासिक कालखण्डमा राज्यमा स्वाभिमान बढेका वेला मैले त्यो जिम्वेवारी पाएको थिएं । मलाई राज्यले जिम्वेवारी दिएको थियो । के गर्न पाएँ, के गर्न पाइएन अथवा केही गर्ने अवसर जुरेन भनेर मलाई हीनतावोध छैन । जति मैले गर्न सकें गरें । ठीक गरें ।

सांस्कृतिक रुपमा भारतलाई मैले राम्ररी चिनेको छु । मारिसस, गुयाना र ट्रिनीडाडको घटनालाई मैले अध्ययन गरेको थिएं नो चिजलाई छाड्दैन । एक जातीय अहंकारको। भारतको विषेशता के भने उसले आ मूढतालाई उसले त्याग्दैन । श्रीपशुपतिनाथको विषयमा भारतको बुझाई गलत रह्यो । मिडियाले पनि गलत संदेश फैलायो । जिम्मेवारी पूर्वक मिडियाले जनतालाई ठीक ढंगले सुसुचित गर्ने काम गरेन । पुजारी नियुक्तिको विरोध गर्नेहरुले कहिल्यै मेरो योग्यता र पूजाविधि बारे प्रश्न उठाउन सकेनन् र नेपाली नागरिक हुनुबाहेक मेरो अर्को अयोग्यता कसैले देखाउन सकेका छैनन्।

माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले श्रीपशुपतिनाथ मन्दिरमा मलाई पुजारी नियुक्त गर्दा भारतमा समेत धक्का महसुस देशको पवित्र मन्दिरमा विदेशी पुजारी राख्नै पर्ने बाध्यताका सामु भयो । आ तत्कालीन माननीय संस्कृति मन्त्री श्रीगोपाल किराती ज्यु को मलाई पुजारी बनाउने निर्णय दुई साता पनि टिकेन र श्रीपशुपतिनाथमा भारतीय नागरिकलाई नै पुःन मूलभट्ट बनाइयो ।

तीन सय वर्षमा एक पटक नेपाली नागरिकलाई श्रीपशुपतिनाथको पुजारी बनाइयो तर सरकार कुटनीतिक पहल गर्नमा चुक्यो । श्रीपशुपतिनाथमा लामो समयदेखि भारतीय मूलका पुजारी रहँदै आएकोमा नेपाली पुजारी नियुक्ति सँगै चौतर्फी दवाव आयो र प्रचण्ड नेतृत्वको सरकार पछिहट्न बाध्य भयो ।

यदि मन्दिरको द्वार बन्द भएकै अवस्थामा म फर्केको भए मेरो जीवन निरर्थक हुन्थ्यो । अर्चाको विधि विज्ञान राम्ररी अंगालेर, संघर्ष गरेर, गुप्तवासको चरण पार गरेर म यहाँ आइपुग्दा पनि द्वार नखुलेको भए ईश्वरले हेरेनन् भन्ने हुन्थ्यो । भगवान्को प्रेरणाले राज्य जाग्यो र मैले पूजा गर्न पाएँ । आफूले जानेसम्म र सम्भव भएसम्म सबै विधि र प्रक्रिया पु¥याएर श्रीपशुतिनाथको पूजा गरें ।

पुजारीको रुपमा म श्रीपशुपतिनाथ मन्दिर प्रवेश गरेपछि विरोधको स्वर चर्को हुदै गयो । भारतले समेत नेपाल सरकारलाई भारतीय पुजारी नहटाउन दबाव दियो । यथार्थमा भारतीयलाई हटाएर नेपालीलाई राखिएको पनि होइन । तरपनि मैले श्रीपशुपतिनाथको पहिलो नेपाली भट्ट बन्ने अवसर पाएं । सरकारले पनि आत्मविश्वासका साथ काम गर्न सकेन । सरकार चुक्यो । एैतिहासिक परिवर्तनको एजेण्डाले स्थायित्व ग्रहण गर्न सकेन ।

“माओवादी कार्यकर्तालाई श्रीपशुपतिनाथ मन्दिर प्रवेश गराइयो, र भारतीय भट्टलाई हटाएर नेपालीलाई राखियो भन्ने भ्रामक सन्देश गयो भने यसले नराम्रो रुप लिन्छ र भारतले सहँदैन” भनेको थिएँ नभन्दै त्यस्तै भयो । नियुक्ति बारे निर्णय गर्नु अघि नै मैले यो विषयमा सजग गराएको थिएँ ।

निश्चयनै योग्यता र क्षमताको मूल्याङ्कन, परीक्षण र विश्लेषण नगरी पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले मलाई श्रीपशुपतिनाथको पुजारी बनाएन । नेपालीलाई आउने झन्झट, लामो सम्वाद, परिचर्चा र अन्तर्वार्ताको सामयिक श्रृंखला पार गरेपछि बल्ल पुजारी नियुक्त गरिएको हो । पाशुपत तङ्खवको खोजमा तीन दशक अध्ययन र अनुसन्धान गरेपछि म भट्ट हुनका लागि योग्य ठहरिएँ । तन्त्रशास्त्रको ज्ञान र महाविद्याको पूजा विज्ञानमा लामो अवधि पार गरेपछि श्रीपशुपतिनाथको पुजारी हुने अवसर जुरेको हो । कतिपय मानिसहरुले माओवादी आन्दोलनका स्रष्टा, गणतान्त्रिक नेपालको पहिलो प्रधानमन्त्री क. प्रचण्ड (पुष्पकमल दाहाल) को पारिवारिक सदस्यका कारणले मैले यो अवसर पाएको भनेर अपव्याख्या समेत गरे । आरोप लगाए । वेदमन्त्र, वैदिक सिद्धान्त, कल्पशास्त्र र तन्त्रशास्त्रका गूढ रहस्यहरुलाई नजानेको हुन सक्ने अनुमान गरे । कतिपयले श्रीपशुपतिनाथको मुलभट्ट मूल पुजारीले पाशुपत क्षेत्रको जात्रा र पर्वहरुको सञ्चालन र निर्देशन गर्नुपर्ने तर त्यो मलाई थाहा नभएको भनेर भ्रम फैलाए । कतिपयले मेरो आचरण, आहार र नियम निष्ठा माथि प्रश्न उठाए । जब कि कुनै पनि काल्पनिक मनगढन्त्ते आरोपहरु तय गर्ने, भ्रमहरु विकास गर्ने, ती विचरा नादानहरुलाई सत्य तथ्य वारे केही थाहा रहेनछ ।

लोकतन्त्र, सामाजिक न्याय, समावेशी सिद्धान्त लागू नभएको कालखण्डमा प्रचलित धेरै धारणाहरु दरबार केन्दित रहे । त्यहाँ विश्लेषण र परिमार्जनको आधार थिएन । राष्ट्रिय स्वार्थ र सांस्कृतिक स्वतन्त्रताको अभीष्ट लक्ष्य नदेख्ने तात्कालिक शासकहरुले कुनै कारणले केही नियम बसाले भन्दैमा त्यसैलाई पछ्याउँदै सबैले अनुशरण गर्दै राज्यलाई कमजोर तुल्याउँदै अघि बढिरहनु पर्छ भन्ने मत अज्ञानताको द्योतक हो ।

लोकतान्त्रिक विधि व्यवस्था नरहँदा समाजको भलाई कसरी गर्न सकिन्छ ? यथार्थमा शासक भविष्यद्रष्टा हुनुपर्दछ । तव पो समाज र देशको उन्नति र प्रगति हुन्छ । जनतालाई दमन र उत्पीडनको घेरावन्दीमा पारेर शासन गर्ने परिपाटी हावी भएका वेला प्रचलनमा आएका अभ्यासहरुलाई परम्पराको नाउँमा शास्त्रीय आधार दिन खोजियो । यस्ता प्रवृत्तिहरुबाट लोकतान्त्रिक सांस्कृतिक चेतनाका दुर्भाग्य भनाैं यस्ता घटनामा श्रीमिनेन्द्र रिजाल र श्रीमाधव कुमार नेपाल प्रवृतिले दलाली गरिरहेका हुन्छन् । यो एक प्रकारको सांस्कृतिक गुलामी हो । श्रीपशुपतिनाथमा भारतीय भट्टहरुको एकाधिपत्य रहुञ्जेल देशमा राष्ट्रिय स्वाधीनताको कुरा गर्नु वेइमानी हुनेछ । आत्मवञ्चना हुनेछ । कुटिल अन्तर्राष्ट्रिय अर्थराजनीतिको सन्दर्भ हेर्दा अव यो सारै जटिल भयो भन्ने लाग्छ ।

राजाले मुन्टो हल्लाएर स्वीकार गर्दै आएको विषयलाई पशुपति क्षेत्र विकास कोषका तत्कालीन संरक्षक वा देशको सम्माननीय प्रधानमन्त्री श्रीमाधव कुमार नेपाल ज्यु र संस्कृति मन्त्री श्रीमिनेन्द्र रिजाल ज्यु ले भारतीय नागरिकलाई श्रीपशुपतिनाथको भट्ट बनाउन औपचारिक कागजी नियुक्ति प्रक्रियामा लगेका छन् । यसको प्रकृतिलाई मूल्यांकन गर्दा स्वाभिमानी देशभक्तलाई ग्लानि बढेर जानेछ ।

राजसंस्थाको विधिवत् अन्त्य भइसकेपछि श्रीपशुपतिनाथको भट्ट प्रकरणलाई नियाल्दा देश एक कदम पराधीन हुने बाटोमा अघि बढेर जाने भयो भन्ने लाग्छ । यसले के देखाउँछ भने नेपालमा संविधानको कुरा, द्वन्द्व व्यवस्थापन र मानवअधिकारको विषय, संविधानलाई क्रियाशील हुन नदिन अप्ठ्यारो परिस्थिति नयाँ ढंगले सिर्जना हुनेछ । भारतले सधंै राष्ट्रिय सुरक्षाको नयाँ नयाँ प्रश्न उब्जाएर यो देशलाई कहिल्यै पनि माथि उठ्न र विशेष गरेर शान्ति र समृद्धिको बाटोमा प्रयत्नशील बन्न दिने छैन ।

कतिपय मानिसहरु भारत र नेपालको रोटी बेटीको सम्वन्ध रहेको कुरा गर्छन् । त्यसो भए हामी दुवै देशका नागरिकहरु एउटै जात र परिवारका मानिस हौं । फेरि श्रीपशुपतिनाथमा नेपाली भट्ट पुजारीको भारत किन विरोध गर्छ । वास्तविकता अर्कै छ । भारतको सुरक्षा समृद्धिमा नेपालीहरुको ठुलो योगदान छ । त्यसको विपरीत नेपालको दुर्दशामा भारतको  सहभागिता रहँदै आएको छ । राज्यसत्ताको नेतृत्वलाई खरिदबिक्रि गर्दै देशको उद्यमशीलता लाई बजार विहीन बनाएर अस्थिरता र अशान्ति पैदा गर्ने भारतीय नीति नेपालमा हावि छ । त्यसको सवै नाटक मञ्चन श्रीपशुपतिनाथमा बसेर हुनेछ । 

- डा. विष्णुप्रसाद भट्टको पुस्तक पशुपतिमा सात दिनबाट 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केटा र केटीबीच विवाह कसरी जुराइन्छ ?

    ज्योतिष शास्त्रमा बिभिन्न कुराहरुको वर्णन गरिएको छ । हिन्दु धर्मशास्त्रहरुका अनुसार कुनै पनि केटा र केटीको विवाह गर्दा सम्बन्ध राम्रो हुन्छ कि हुँदैन भन्ने विचार गर्नुपर्छ ।

  • कुर्सी नपाउँदासम्म कुकुर बिरालालाई पनि ढोग्छन्, कुर्सीमा पुगेपछि मान्छे नै चिन्दैनन्

    घर झापा विर्ता शनिश्चरे हो । तर काठमाडौं बसेकै ११ वर्ष भैसक्यो । बानेश्वरमा सिलाईको काम गर्दै आएकी छु । झापाको भन्दा काठमाडौंको समस्या बढी देख्छु म त । मेलम्चीको पानी ल्याउँछु भनेको यतिका भैसक्यो आएको छैन । बाटोमा धुलोधुवाँले हिँडिसक्नु छैन ।

  • बम पड्काउनेले बुझ्न नसकेको यथार्थ

    देश चुनावको मुखमा छ । नेता, कार्यकर्तादेखि आमनागरिकलाई चुनाव लागेको छ । दलहरुको घोषणापत्र र नेताहरुले भाषणमा भनेजस्तो देशले छिटै काँचुली फेर्छ भन्नेमा नागरिकलाई विश्वास त छैन, तर चुनावले लामो समयदेखिको संक्रमणकाल अन्त्य गर्छ भन्ने आशा चाहिँ सबैमा छ ।

  • घर कुन दिशामा फर्केको राम्रो ?

    वास्तुशास्त्र अनुसार विभिन्न दिशाहरुको विभिन्न स्वभावहरु छन् । दिशाहरुको स्वभाव अनुसारका संरचनाहरु त्यस दिशामा बनाउनु राम्रो मानिन्छ । पूर्व दिशाबाट सूर्योदय हुने भएकाले यस दिशाबाट निकै राम्रो उर्जाहरु आउने मान्यता रहेको छ ।

  • तपाई मधुमेहको बिरामी हुनुहुन्छ ? भान्छामा छुट्टै खाना बनाउनु पर्दैन

    हिजोआज मानिस हिँड्न छाडे । विकासले जहाँतहाँ बाटो खुल्दा हिँडेर जाने ठाउँमा सवारी साधन प्रयोग हुन थाले । डेरीमा जाँदा क्यान र मान्छेलाई मोटरसाइकलले लैजान्छ । बसको प्रयोग हुन्छ । गाउँ गाउँमा चाउमिन, चाउचाउ, आलु चिप्स, तारेका खानेकुरा पुगे ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया