MENU

राजनीति

Ncell Axiata

निर्धारित मितिमै चुनाव गर्ने मुख्य ५ दलको प्रतिबद्धता, मोर्चा सहभागी भएमा दुई चरणमा गर्न सकिने

काठमाडौं, वैशाख ६ – संसदमा प्रतिनिधित्व गर्ने मुख्य ५ दलले निर्धारित मितिमै स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ तथा प्रतिपक्ष दलहरुको बैठकले ३१ गते नै चुनाव गर्ने प्रतिबद्धता जनाएका हुन् ।

आन्दोलनको घोषणा गरेको मधेसी मोर्चालाई समेत चुनावमा सहभागी गराउन अधिकतम प्रयास गर्ने र मोर्चा चुनावको लागि तयार भएमा दुई चरणमा चुनाव गर्न सकिनेबारे पनि दलहरुबिच कुरा भएको छ । मोर्चा चुनावमा सहभागी हुने ग्यारेन्टी भएमा दुई चरणमा चुनाव गर्न सबै दल सकारात्मक रहेको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका नेता समेत रहेका उर्जामन्त्री जनार्दन शर्माले पनि मोर्चा समेत सहभागी हुने भए दुई चरणमा चुनाव गर्न सकिनेबारे दलहरुबिच कुरा भएको बताउनुभयो । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले चुनावमा सबै दल सहभागी हुने र मोर्चा आउने ग्यारेन्टी भएमा दुई चरणमा गर्न सकिनेबारे छलफल भएको बताउनुभयो ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका शीर्ष नेताहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मोरङमा थपियो मतदान केन्द्र

    मोरङ, कात्तिक ७ – मोरङमा प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ ।

  • चुनावसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आवश्यक

    काठमाडौं, कात्तिक ७ – निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले चुनावनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

  • केन्द्रमा महत्व राख्ने नेताको चुनावी यात्रा

    प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३ सय २० र प्रदेशसभा ७४ सदस्यका लागि ४ सय ८२ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य चुनावमा केहि केन्द्रिय नेता एक अर्काविरुद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिदै छन् ।

  • राजपाको युवा संघ अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं, कात्तिक ७ – राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

  • बैतडीमा दुई मन्त्री चुनाव लड्दै, टक्कर पर्ने अनुमान

    बैतडी, कात्तिक ७ – प्रतिनीधि सभा चुनावका लागि बैतडीमा दुईजना राज्यमन्त्री भिड्ने भएका छन् । नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी प्रतिनिधि सभा सदस्यका लागि चुनावमा भिड्ने भएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया