MENU

राजनीति

Ncell Axiata
USAID

देशभर १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण, पहिलेभन्दा दुई हजार कम

प्रकाश ढकाल/उज्यालो ।

काठमाडौं, वैशाख ६ – निर्वाचन आयोगले १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ । बुधबार बसेको आयोगको बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतदान स्थल निर्धारण गरेको हो । 

आयोगले १० हजार ६ सय ४० मतदान स्थललाई पनि अन्तिम रुप दिएको छ । २०७० सालमा भएको संविधानसभाको चुनावभन्दा अहिले मतदान केन्द्र २ हजारले कम भएका छन् भने मतदान स्थल ६ सयले बढेको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । 

निर्वाचन आयोगको कार्यतालिका अनुसार चैत २० गतेभित्रै मतदान केन्द्र निर्धारण गर्ने बताइए पनि २ नम्बर प्रदेशबाट सिफारिस आउन ढिलाई भएपछि आयोगले बुधबार मात्र मतदान केन्द्र र स्थललाई अन्तिम रुप दिएको हो । आयोगले हालसम्म ७३ जिल्लाको मतपत्र र ६२ जिल्लाको मतदाता परिचयपत्र छापिएको जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दुई चरणमा चुनाव गर्ने निर्णयले झनै अन्योल, पढ्नुहोस् आइतबार दिनभरका खबर

    काठमाडौं, वैशाख १० - सरकारले मधेसवादी दलसँग भएको सहमति अनुसार दुई चरणमा चुनाव गर्ने निर्णय गरेको छ । चार प्रदेशको चुनाव जेठ ३१ गते गर्ने सरकारले निर्णय गरेको भएपनि यसमा एमालेले बिरोध गरेको छ । एमालेले बजेटपछि चुनाव गर्न आचारसंहिताले रोक्ने भन्दै यसमा सहमत हुन नसक्ने बताएको छ । मुस्लिम समुदायले पनि जेठ ३१ को बेला आफूहरुको महान पर्व रमजान पर्ने भएकाले चुनाव नगर्न आग्रह गरेका छन् । पढ्नुहोस् आइतबार दिनभरका मुख्य खबर ।

  • ​मनसुन सुरु हुने हुँदा जेठ ३१ मा चुनाव गर्न समस्या

    काठमाडौं, वैशाख १० – सरकारले जेठ ३१ गते दोश्रो चरणको चुनाव गराउने निर्णय गरेपनि त्यतिबेला मनसुन सुरु हुने भएकाले चुनाव गर्न समस्या हुने भएकाे छ ।

  • इलाममा कांग्रेस नेतामाथि आक्रमण

    इलाम, बैशाख १० – नेपाली कांगेस इलाम क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नुतनदेव दुलालमाथि आइतबार इलाम चोक बजारमा आक्रमण भएको इलाम कांग्रेसले जनाएको छ ।

  • संघीय गठबन्धनद्वारा आन्दोलन स्थगित

    काठमाडौं, वैशाख १० – सरकारको निर्णयलाई सकारात्मक जनाउँदै मधेसी मोर्चासहितको संघीय गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

  • रमजान महिनामा चुनाव नगर्न मुस्लिम समुदायको आग्रह

    गोविन्द शर्मा/उज्यालो । बाँके, बैशाख १० – दुई चरणमा स्थानीय तहको चुनाव गर्ने क्रममा जेठ ३१ गते दोश्रो चरणको मतदान गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न मुस्लिम समुदायले आग्रह गरेका छन् ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया