MENU

मनोरञ्जन

Ncell Axiata
USAID

युगमा एक चोटी आउने आवाज अञ्जुको, नायकीपन धेरै भएकी इन्दिरा, कस्ता छन् अरु गायिका ?

काठमाडौं, वैशाख ६ – संगीतकार अर्जुन पोखरेल पछिल्लो समय निकै व्यस्त भएका छन् । उनले बनाएका गीतलाई दर्शक तथा स्रोताले पनि रुचाएका छन् । सिनेमा प्रेमगीतमा ‘म यस्तो गीत गाउँछु’ बनाए पछि उनको क्रेज ह्वात्तै बढ्यो ।  

अर्जुनलाई अहिले सिनेमा कै गीतमा संगीत दिन भ्याई नभ्याई छ । उनले संगीत दिएका सिनेमाहरु २०७४ मा पनि एक पछि अर्को गरी आउने तरखरमा छन् । अर्जुनले आफ्नो संगीतमा नेपालका चलेका गायक तथा गायिकालाई गीत गाउन लगाएका छन् । यस क्रममा उनले प्राय कलाकारहरुलाई नजिकबाट चिन्ने मौका पनि पाएका छन् । आज हामीले तिनै संगीतकार अर्जुन पोखरेललाई हामीले चलेका पाँच  गायिकाहरुको बारे सोधेका छौँ । जसमा अञ्जु पन्त, इन्दिरा जोशी, मिलन अमात्य, आस्था राउत, मेलिना राईको बारेमा उनले आफ्नो प्रतिक्रिया दिएका छन् । 

अञ्जु पन्त 

संगीत क्षेत्रको अहिलेसम्मको अनुभवको आधारमा अर्जुनको नजरमा गायिका अञ्जु पन्त युगमा एकपटक आउने आवाज भएकी गायिका हुन् । गायिकामा हुनुपर्ने सबै गुण अञ्जुमा छ । गायकीपन, गायकीपनमा पनि मिठास अनि आवाजको उचाई र गहिराई अञ्जुसँग छ । अर्जुनले एक कालखण्डमा एक पटक आउने आवाज अञ्जुको भएको भन्दै खुबै प्रशंसा गरे । 

उनकाअनुसार धेरै गीतहरु लगातार सफल हुने गायिकामा पनि पर्छिन् अन्जु । अघिल्लो पुस्ता र अहिलेको पुस्तालाई तुलना गर्दा पहिले नारायण गोपालको ठाँउमा अहिले अञ्जु आएकी छिन् । आवाजमा मिठास र कला क्षेत्रको धेरै कुरालाई नजिकबाट नियाल्ने हो भने अन्जु अब्बल दर्जाको गायिका हुन् । अन्जुले अुर्जनको संगीतमा ‘म यस्तो गीत गाउँछु’ गाएकी छिन् ।

इन्दिरा जोशी 

संगीतकार अर्जुन पोखरेलको नजरमा इन्दिरा जोशी ग्ल्यामरलाई बढी ध्यान दिने गायिका हुन् । उनका अनुसार हरेक कलाकारको आ-आफ्नो शैली हुन्छ तर इन्दिरामा भने गायकी भन्दा पनि नायकी पन धेरै देखिन्छ ।  गायिकाले स्टेजमा प्रस्तुती दिँदा गायनसंगै नृत्यको पनि जरुरी हुन्छ जुन क्षमता इन्दिरामा छ ।  

स्टेजमा गायन र नृत्यको हाउभाउ धेरै र राम्रो भएकी गायिकामा पर्छिन् इन्दिरा । दर्शक पनि स्टेज कार्यक्रमहरुम इन्दिराको गीत सुन्न मात्रै होइन नृत्य हेर्ने सोचका साथ आएका हुन्छन् । उनी देशकै राम्रो गायिका हुन् तर क्लासिकल गीत भने कम गाउँछिन् । त्यस्तै अर्जुनले इन्दिराको आवाज सबै प्रकारका गीतमा नसुहाउने पनि बताए । 

मिलन अमात्य 

नेपालमा राम्रो स्थानमा गनिने गायिकामा मिलन अमात्य पनि पर्छिन् । नेपाली संगीत बजारमा मिलनको आफ्नै किसिमको महत्व छ । अर्जुनले मिलनको बारेमा बोल्दै उनी निकै राम्रो गाउने गायिकामा पर्ने बताए ।

मिलन बहुप्रतिभाशाली गायिकामा पर्छिन् भन्दै राम्रो आवाज र राम्रो गाउने उनले  भविष्यमा यो भन्दा अझै राम्रो स्थान प्राप्त गर्न सक्ने सम्भावना भएको अर्जुनले बताए । मिलन गाउनसँगै नाच्न पनि निकै रुचाउँछिन् । उनले नेपाली चलचित्र र आधुनिक गरी दर्जनौँ गीतमा आवाज दिएकी छिन् । 

आस्था राउत 

नेपाली संगीत क्षेत्रमा आवाज र गायन शैली फरक भएकी गायिका हुन् आस्था राउत । उनको बारेमा अर्जुन भन्छन्, ‘आस्थाको प्याटर्नको गायन शैलीलाई लिड गर्ने व्यक्ति नै उनै हुन् । उनी नेपाली युवा दर्शक श्रोताको रोजाईमा पर्ने अनि निकै पावरफूल आवाज भएकी गायिकामा पनि पर्छिन् । आस्था जस्तो प्याटर्नको गीतलाई पनि निकै शानदार तरिकाले गाउन सक्छिन् । मध्यसतकको हाराहारीमा हेर्ने हो भने आस्थाको आवाज धेरै चलेको छ ।

मेलिना राई 

नेपालमा चलेको गायिकाका बारेमा बुझ्दै जाँदा हामीले अर्जुनसँग अहिलेको चलेकी गायिका मेलिना राईको बारेमा पनि केही बुझ्न प्रयास गर्यौं । अर्जुनको नजरमा मेलिना नव गायिकाको अग्रपंतीमा पर्ने गायिका हुन् । एउटा कलाकारलाई अर्काे कलाकारसँग दाज्न नमिल्ने भन्दै अर्जुनले नयाँ पुस्तामा आएका गायिका मध्ये राम्रो सम्भावना र इतिहासमै राम्रो गीत दिन सक्ने क्षमता भएकी गायिकाको रुपमा मेलिनालाई अघि सारे ।  

उनको आवाजमा मिठासपन र गायकीपन राम्रो भएको बताउँदै अर्जुनले यदि मेलिनाले आफूमा भएका केही कमिकमजोरीलाई आफैले सुर्धादै गइन् भने अझ राम्रो हुने सुझाएका छन् । मेलिनाले नेपाली चलचित्र, आधुनिक, पप लगायत दर्जनौँ गीतमा आवाज दिइएसकेकी छिन् । 

उज्यालो र forseenetwork.com को सहकार्य

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया