MENU

विचार/अनुभूति

Ncell Axiata
chhaka panja

नेपाल भारत सम्बन्ध र राष्ट्रपतिको भ्रमण

प्रकाश अधिकारी -

नेपाल र भारतको सदियौँ पुरानो कुटनीतिक सम्बन्ध मात्र नभएर रोटी र बेटीको सम्बन्ध अर्थात सामाजिक साँस्कृतिक सम्बन्धलाई नेपाली राजनीतिमा आज अलग ढंगले व्याख्या गर्न थालिएको छ । कुटनीतिक सम्बन्धका आफ्नै मूल्य र मान्यता रहन्छन् । एउटा निश्चित सिमाभित्र बाँधिएर कुटनीतिक मर्यादाको पालना गर्ने गरिन्छ । तर पछिल्लो दिनहरुमा नेपाल र भारतको औपचरिक र अनौपचारिक सम्बन्धका पुनर्विचारको माग नेपाली जगतमा बढेको छ । 

पछिल्लो सिमावर्ती क्षेत्रको घटनाले नेपाली जनतामा आक्रोश, लामो समयको अघोशित नाकाबन्दी, पटक पटक भारतीय सीमा सुरक्षा बलको ज्याजति, भारतीयद्वारा नेपाली सीमा मिच्ने प्रवृत्तिले नेपाल र भारतको सम्बन्ध चिसिदै गएको छ । आज आत्मसम्मानमा ठेस पैदा गर्ने कार्यले अब सम्बन्धको दरार फराकिलो बनाउनु पर्ने नेपाली जनतामा आवाज उठन थालेको छ । 

सीमामा पर्खाल लगाउन, आत्मनिर्भर अर्थतन्त्र निर्माणद्वारा भारतीय परनिभरताको अन्त्य गर्न, विश्वका अन्य देशसँग सम्बन्ध विकास गरि शक्ति सन्तुलन मार्फत भारतलाई आफ्नो कुटनीतिक र सामाजिक साँस्कृतिक सम्बन्धलाई सच्याउन दबाब दिनुपर्ने देखिन्छ । 

एकल प्रयासले मात्र सम्भव नहुने हो भने भारत बाहेकका अन्य भारत विरोधि देशसँग मोर्चा सकेर अन्तराष्ट्रिय सम्बन्धको विकास गरेर भारतलाई सच्याउनु पर्ने छ । हामीसँग छिमेकी बदल्नुको कुनै विकल्प छैन किनकी छिमेकी देश फेर्न नमिल्ने हँुदा अनेकौँ प्रयासलाई नेपालले खुल्ला राखेर भारतलाई सच्याउने वा आफूलाई बलियो बनाएर भारतको कुनै मतलब नै नगर्ने मध्ये एउटा विकल्प रोज्ने समय आएको छ ।

पछिल्लो समयमा नेपाली राजनीति र नेपालीमा भारत प्रतिको बुझाई बदलिदै गएको छ । नेपाली जनताको ठूलो संख्या भारत विरुद्ध बढेको छ । नेपाली राजनीतिक पार्टीले पनि भारतमाथिको बुझाईमा नयाँ व्याख्या र विश्लेषण हुन थालेको छ ।

विप्लवको नेतृत्वमा रहेको नेपाल कम्यूनिष्ट पार्टीको पछिल्लो रोल्पाको थवाङको आठौँ महादिवेशनले भारतलाई साम्राज्यवादी देशको रुपमा चित्रण गरको छ । भने अन्य पार्टीहरुले पनि भारतलाई मित्र राष्ट्रको रुपमा बुझ्न छाडेका छन् । पछिल्लो समयमा एमाले पार्टीमा ठूलो संख्या भारतलाई नरुचाउने ठाउँमा पुगेका छन् । नाकाबन्दी पछि एमालेसँग भारतको सम्बन्ध चिसिएको छ भने कांग्रेस भित्र पनि भारत र गैर भारतको लविङले स्थान लिने गरेको छ । 

सरकारको नेतृत्व गरेको माओवादी केन्द पार्टीमा पनि भारतको पक्ष विपक्षमा मत विभाजन समय समयमा बहिर आउने गरको नै छ । नेपालको राष्ट्राध्यक्ष विद्यादेवी भण्डारीको भारत भ्रमणको क्रममा भएको अपमान कुनै पार्टीको नेतृत्वको अपमान होइन । यो त नेपाली जनताको सिग्गो प्रतिनिधित्व थियो । भारतको व्यवहार सम्पूर्ण नेपाली प्रतिको व्यवहारको रुपमा नेपालीमा परेको छ । 

भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलिबाट गोविन्द गौतम मारिँदा नेपाली जनतामा आक्रोश बढेको थियो । उक्त आक्रोशलाई मथर बनाउने र कुटनीतिक म¥यादाद्वारा सम्बन्ध सुधार्ने एउटा कडिको रुपमा नेपालको राष्ट्रपतिको भ्रमणलाई लिइएको थियो । तर भारतले आफ्नो अपमानको व्यवहार देखाएर उसले आक्रोशको आगोमा घिउँ थप्ने काम गरेको छ । यसले अझ नेपालमा भारत विरोधि गतिविधिलाई थप मलजल गरेको छ ।

सीमामा पर्खाल लगाउन, भारत माथिको निर्भरता अन्त्य गरेर अन्य देशसँग सम्बन्ध बढाउनुपर्ने, सन् १८१६ को सुगौलि सन्धी लगायतका सबै सन्धी सम्झौता खारेज गर्नुपर्ने, हिमाली साम्राज्याको आन्दोलन सम्मको विषयले आज नेपाली राजनीति र नेपाली जनतामा आक्रोशले स्थान पाउन थालेको छ ।

यसबाट के देखिन्छ भने के भारतले तत्काल सम्मान पूर्वक नेपाल र भारतको स्वतन्त्र अस्थित्व स्वीकारेर एकले अर्कोलाई सम्मान र सहकार्य गर्ने दिशामा जानु पर्ने देखिन्छ । होइन भने विस्तारै सम्बन्धमा दरार पैदा हुँदै जादा आउने परिणाम दुवैका निम्ती हितकर नहोला झन भारतका पक्षमा त हुँनै सक्दैन । किनकी विद्रोही शक्तिलाई भन्दा ठूलो क्षति शासकीय शक्तिलाई हुने गरेको इतिहास हामीले हेरेका र पढेका छौँ ।

आज भू–भागमा सानो र ठूलो हुन सक्ला तर यो प्रधान होइन । विचार नै ठूलो कुरा हो सानो विचार ठूलो हुन्छ ठूलो विचारले संसार जित्छ भने भारत संसारको सामुमा एउटा सानो भू–भाग मात्र हो । मुख्य कुरा नेपाली र नेपाल भू–भाग प्रतिको उसको विचार नसचिने हो भने भारत जति ठूलो भू–भाग भए पनि उसको विकास होइन विनास पनि त यहि ठूलो भू–भागले जन्माउँछ । यसको मतलब ठूलो हुनु भनेको शक्ति मात्र ठूलो हुनु होइन प्रति शक्तिको मात्रा पनि ठूलो छ भन्ने हो । यस बरेमा भारतले सोच्नु पर्ने बेला आएको छ । 

भारतलाई लागिरहेको हुन सक्छ सिकिम र दार्जिलिङलाई जसै गरी नेपाललाई सिध्याउन सकिन्छ । तर यो सम्भव छैन । यस मानेमा कतिपय मामिलामा भारत भन्दा नेपालको आफ्नै गौरव छ । भारत पराधिन भएको मुलुक थियो । नेपाल कहिल्यै पराधिन हुन परेन र कसैले बनाउन पनि सकेनन् । नेपाल आफ्नै छुटै परम्परा, संस्कार सँस्कृति, उत्पादन प्रणाली सबै भएको देश हो । यसलाई भारतले बुझ्नु पर्ने नेपाली जनको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • संविधान बनाउँदाको अनुभव : धारा पारित गर्दा पानी पनि खाइन

    लामो छलफल र संवादपछि घोषणा भएको नेपालको संविधान, ७० वर्षदेखिको नागरिकको चाहना र भावना पूरा भएको त्यो क्षण मलाई झल्झल्ली याद आउँछ । निकै गर्व लाग्छ त्यो क्षण सम्झँदा पनि । संविधान घोषणा नहुन्जेलसम्म संविधान घोषणा नगर्न धरै ठाउँबाट दबाब आयो ।

  • तेस्रो चरणको चुनावपछिको संकेत

    काठमाडौं, असोज २ – २ नम्बर प्रदेशका आठ जिल्लामा स्थानीय तहको तेस्रो चरणको चुनावसँगै संविधान कार्यान्वयन र राजनीतिक कार्यदिशाको बाटो थप फराकिलो बन्दैछ । राजपाको सहभागिता नै तेस्रो चरणको चुनावको सबैभन्दा महत्वपूर्ण पक्ष हो ।

  • जसले आफ्नै बलबुतामा संविधानको उल्था गरे !

    झन्डै डेढवर्ष अघि एकदिन मित्र एकराज चौधरीले कुरा चुहाउनु भयो, 'मैले नेपालको संविधान थारु भाषामा उल्था गर्ने विचार गरे।' एकजना रेडियोकर्मी जसलाई म जहिले भेट्थे बिहानदेखि बेलुकासम्म रेडियो स्टेशनमै व्यस्त रहेको पाउँथे । त्यसैले मैले चौधरीको कुरालाई गम्भीरतापूर्वक लिइन ।

  • महिला हिंसा कम गर्ने अभियानमा लागेका पुरुष

    सेतो कुर्ता र धोती । काँधमा सेतै गम्छा । निधारमा ठाडो रातो टीका । टाउकोमा लामो टुप्पी, शिखा पारिएको । सिरहाको मझौराका गोविन्द यादव । देख्दा लागेको थियो, यी व्यक्ति गाउँको पूजारी वा धार्मिक अगुवा हुनुपर्छ । वा धर्म तथा परम्पराको नाममा बाँधिएको पात्र ।

  • दुर्घटनामा मृतकको नाम फरक परेपछि ...

    गाडी दुर्घटना कतै नहोस्, कहिले नहोस् । अप्रिय समाचार कहिले लेख्न नपरोस् । तर, यस्तो कामना गरेर मात्र नहुने । बेलाबेला दुर्घटना भइ नै रहेको हुन्छ । दुर्घटनापछि सामाचार त दिनै पर्‍यो । यो त पेशागत धर्म हो ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया