MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

मर्करीयुक्त उपकरणका कारण गर्भवतीहरु जोखिममा

काडमाडौं, वैशाख ६ – मर्करीयुक्त उपकरणहरुको बढ्दो प्रयोगले गर्भवतीहरु जोखिममा रहेको एक अध्ययनले देखाएको छ । 

मूर्तिकला व्यवसाय गर्ने, सुनमा जलप लगाउने, माझी समुदायका महिलाले मर्करीयुक्त उपकरणको प्रयोग बढी गर्ने भएकाले उनीहरु जोखिममा रहेका अध्ययनको ठहर छ । सयुंक्त राष्ट्र वातावरण कार्यक्रम (युनइपी) अन्तर्गत मिनामाता मर्करी महासन्धीको अन्तरिम सचिवालयको सहयोगमा ‘बायोडाइभरसिटी रिसर्च इन्स्टिच्युट (बीआरआई युसए) र ‘इन्टरनेश्नल पोप्स इलिमिनेसन नेटवर्क’ (आइपीईएन) सँग मिलेर जनस्वास्थ्य तथा वातावरण प्रवद्र्धन केन्द्र (सेफड)ले दुई वर्षअघि कास्कीमा र गएको वर्ष ललितपुरमा गरेको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । 

सेफडले गएको वर्ष कास्कीको बेगनास ताल वरिपरि माछा मारी जिविकोपार्जन गर्ने जलारी समुदायका ३३ जना महिला र गएको वर्ष मंसिरमा ललितपुरका विभिन्न धातुका मूर्तिहरुमा सुनको जलप लगाउने काममा कार्यरत २० जना महिला गरी जम्मा ५३ जना बच्चा जन्माउने उमेर समूहका महिलाहरुमा मर्करीयुक्त उपकरणहरुको जोखिमबारे अध्ययन गरिएको थियो । 

अध्ययनमा काठमाडौँ उपत्यकामा मूर्तिहरुमा जलप लगाउने महिलाहरुमा मर्करीको मात्रा बढी पाइएकाले उनीहरु अत्यन्त जोखिममा रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । 

ताल तलैयामा विभिन्न मानव गतिविधीहरु जस्तै जलाधार क्षेत्रमा गरीने खेतीपाती, घरायसी र अस्पतालजन्य फोहर विसर्जन तथा विषादीको प्रयोग आदिबाट मर्करीले प्रवेश पाउने र माछामा सञ्चयीकरण हँुदै मानव शरीरमा प्रवेश गरी नकारात्मक असर गर्न सुरु गर्ने डाक्टरहरुको भनाई छ । 

अर्कातिर विभिन्न धातुको मूर्तिहरुमा मर्करी र सुनको लेप बनाउने, लगाउने, तताउने आदि सबैखाले प्रकृयाहरुको दौरानमा कामदार लगातार मर्करीको सम्पर्कमा आईराख्ने भएकोले पनि अत्याधिक जोखिम रहेको अध्ययनको निकर्ष छ । 

मर्करीको सम्पर्कमा मानिस, बालबालिका र खास गरी बच्चा पाउने उमेर समूहका महिलाहरु आउनु निकै गम्भीर मानिन्छ । मर्करीले स्नायू प्रणाली, मृगौला, स्वासप्रस्वास र प्रजनन् प्रणालीलाई असर गर्नुका साथै बढ्दै गरेको गर्भको बच्चाको विकासमा पनि अवरोध पुर्याउने आइपिइएनका मर्करी सल्लाहकार लि वेलले बताउनुभयो । 

विश्वव्यापी रुपमा फैलिदै गएको मर्करीको प्रदूषणले जोसुकैलाई जहाँ पनि असर गर्ने भएकोले मर्करीको सबैखाले श्रोतहरुलाई सम्बोधन गरिनुुपर्ने उहाँको भनाई छ । 

साथै मर्करीयुक्त उपकरणहरु वरिपरिको वातावरण पनि प्रदूषित भैरहेकोबाट अन्य मानिस, जिवजन्तु तथा बोटविरुवाहरु पनि प्रभावित भैरहेको अध्ययनले देखाएको छ । नमूना संकलनको दौरान ती कामदारहरुले कुनै किसिमको व्यक्तिगत सुरक्षा कवचको प्रयोग नगरेकाले पनि उनीहरुमा जोखिम बढ्दै गएको अध्ययनको निष्कर्ष छ । 
पछिल्लो समय मर्करीयुक्त उपकरणहरुको प्रयोग गर्नेको संख्या बढ्दै गएको र त्यसबाट मानिसहरुमा पर्ने असरलाई न्यूनीकरण गर्न सरकारले तत्कालै पहल गर्नुपर्ने आइपिइएनका कार्यकारी निर्देशक तथा वातावरण वैज्ञानिक राम चरित्र शाहले बताउनुभयो ।

नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रालयले मिनामाता मर्करी महासन्धीमा हस्ताक्षर गरेको साढे तीन वर्षभन्दा बढी भैसके पनि अनुमोदन गर्न नसकेकोले तुरुन्त अनुमोदनको प्रक्रिया थाल्न सेफडले आग्रह गरेको छ । 

साथै उसले नेपाल हस्तकला व्यवसायी महासंघ र जिल्ला हस्तकला व्यवसायी संघहरुलाई  आ-आफ्नो क्षेत्र र पेशालाई सुरक्षित र स्वस्थ्य बनाउन पनि सुझाव दिएको छ । यस्तै मूर्तिमा सुनको जलप लगाउने कामदारको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यको प्रत्याभुति गर्न पनि सेफडले आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

  • ​९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान

    काठमाडौं, साउन १ – सरकारले ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ । सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौं, तुम्लिङटर, विराटनगर, सिमरा र नेपालगन्ज गरी ९ वटा विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया