MENU

राजनीति

Ncell Axiata

स्थानीय तहको चुनाव सफल पार्न दुई मन्त्रीको कार्यकर्तालाई निर्देशन

भक्तपुर, वैशाख ६ – गरिबी निवारण तथा सहकारी मन्त्री हृदयराम थानीले स्थानीय तहको निर्वाचन सफल पार्न नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नु पर्ने बताउनु भएको छ । 

बुधबार भक्तपुरको सानोठिमी क्याम्पसमा नेपाल विद्यार्थी संघको ४८ ओँ स्थापना दिवसको अवसरमा नेविसंघ मध्यपुरले आयोजना गरेको युवा तथा विद्यार्थी भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो बेलामा कांग्रेस फुटेर नभई जुटेर अगाडि बढ्नु पर्ने बताउनु भएको हो । 

कार्यक्रममा उद्योग राज्य मन्त्री कन्चन वादेँ श्रेष्ठले भक्तपुरका सबै नगरपालिकामा कांग्रेसले जीत हासिल गर्ने गरि अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उहाँले कार्यकर्ताको उत्साहलाई जीतमा परिणत गर्नुपर्ने बताउनुभयो ।

त्यस अवसरमा सांसद रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दूर्लभ थापा, पूर्व सभापति गणेशमान चक्रधरले वडा तथा क्षेत्रबाट उम्मेदवारको नाम सिफारिस हुदै आएको बताउँदै पार्टीले उठाएको उम्मेदवारलाई जिताउन भक्तपुर काँग्रेस एक भएर अगाडि बढ्ने बताउनुभयो ।

नेपाली काँग्रेस मध्यपुरका निवर्तमान सभापति एवं मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुखका उम्मेदवारको दाबेदार अष्ट कवेँले मध्यपुर थिमि नगरपालिकाको विकासको खाका सार्वजनिक गर्दै युवालाई अगाडि बढ्न आग्रह गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया