MENU

खेल

Ncell Axiata
sagun

पाँचथर गोल्ड कप : पथरी क्लबलाई हराएर एपिएफ फाइनलमा

फिदिम, वैशाख ६ –  पाँचथरको फिदिममा भइरहेको प्रथम पाँचथर गोल्डकपको सेमिफाइनलमा पथरी स्पोटिङ क्लबलाई ३-० गोल अन्तरले हराउँदै एफिएफ फाइनलमा पुगेको छ । फिदिम उच्च माविको खेल मैदानमा भएको खेलमा एपिएफका बुद्धिमान राई, सुशिल राई र झलक गुरुङले गोल गरे ।  

खेल सुरु भएको तीन मिनेटमै एपिएफका बुद्धिमान राईले लामो प्रहारबाट गोल गर्दै एपिएफलाई सुरुवाती अग्रता दिलाएका थिए । लगत्तै खेलको १२ औँ मिनेटमा एपिएफका सुशिल राईले गोल थपे । खेलको ७१ औँ मिनेटमा एपीएफका झलक गुरुले गोल गरेर टिमका लागि सानदार जित निकालेका हुन् । पथरीका डिफेन्सको कमजोरीलाई उपयोग गर्दै झलकले गोल गरेका हुन् । 

एपीएफका प्रशिक्षक बलबहादुर गुरुङले खेलाडीले पहिलेभन्दा खेल सुधारेकाले सानदार जित निकाल्न सकिएको बताए । ‘खेल सुधार भए पनि उपाधी कब्जा गर्न केही सुधार गर्न बाँकी छ,’ उनले भने । बुद्धिमान राई म्यान अफ दि म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे ।  बिहीबार हुने दोस्रो सेमिफाइनलमा रेडहर्स इलाम र विर्ता युनाइटेड क्लब झापा ११ बिच प्रतिस्पर्धा हुने छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया