MENU

राजनीति

Ncell Axiata
USAID

आफ्नो निर्णय मान्न उपप्रधानमन्त्री थापालाई आयोगको चेतावनी

काठमाडौं, वैशाख ६ – निर्वाचन आयोगले राप्रपाको अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री कमल थापाको अभिव्यक्ति र क्रियाकलापप्रति आपत्ति जनाएको छ । सोमबार उप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीको ट्वीटप्रति आयोगले आश्चर्य व्यक्त गरेको थियो । 

राप्रपाको विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन दिएको निर्देशनको प्रति जलाउँदै अध्यक्ष कमल थापाले आयोगकै विरुद्ध आन्दोलन थालेपछि बुधबार विज्ञप्ति जारी गर्दै आयोगले त्यस्ता गतिविधि नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘सत्तारुढ राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहनुभएका नेताबाट व्यक्त भएका विचार र उहाँको पार्टीका तर्फबाट केही दिनयता भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ ।’ 

मन्त्रिपरिषद्का वरिष्ठ व्यक्तिबाटै भएका गतिविधिबाट आयोग आयोग मर्माहत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । आयोगले संविधानअनुसार आफूले गरेको कामप्रति जिम्मेवार पक्षबाट भएको प्रतिक्रियाप्रति आपत्ति प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र कानून अनुसार आयोगले कार्यसञ्चालन गरिरहेको अवस्थामा कानून अनुसार कार्य नगर्न दबाब दिने क्रियाकलापप्रति आयोग गम्भीर आपत्ति प्रकट गर्दै भविष्यमा यस्ता गतिविधिहरू दोहरिन नदिन ध्यानाकर्षण गराएको छ ।’ 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • दुई चरणमा चुनाव गर्ने निर्णयले झनै अन्योल, पढ्नुहोस् आइतबार दिनभरका खबर

    काठमाडौं, वैशाख १० - सरकारले मधेसवादी दलसँग भएको सहमति अनुसार दुई चरणमा चुनाव गर्ने निर्णय गरेको छ । चार प्रदेशको चुनाव जेठ ३१ गते गर्ने सरकारले निर्णय गरेको भएपनि यसमा एमालेले बिरोध गरेको छ । एमालेले बजेटपछि चुनाव गर्न आचारसंहिताले रोक्ने भन्दै यसमा सहमत हुन नसक्ने बताएको छ । मुस्लिम समुदायले पनि जेठ ३१ को बेला आफूहरुको महान पर्व रमजान पर्ने भएकाले चुनाव नगर्न आग्रह गरेका छन् । पढ्नुहोस् आइतबार दिनभरका मुख्य खबर ।

  • ​मनसुन सुरु हुने हुँदा जेठ ३१ मा चुनाव गर्न समस्या

    काठमाडौं, वैशाख १० – सरकारले जेठ ३१ गते दोश्रो चरणको चुनाव गराउने निर्णय गरेपनि त्यतिबेला मनसुन सुरु हुने भएकाले चुनाव गर्न समस्या हुने भएकाे छ ।

  • इलाममा कांग्रेस नेतामाथि आक्रमण

    इलाम, बैशाख १० – नेपाली कांगेस इलाम क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नुतनदेव दुलालमाथि आइतबार इलाम चोक बजारमा आक्रमण भएको इलाम कांग्रेसले जनाएको छ ।

  • संघीय गठबन्धनद्वारा आन्दोलन स्थगित

    काठमाडौं, वैशाख १० – सरकारको निर्णयलाई सकारात्मक जनाउँदै मधेसी मोर्चासहितको संघीय गठबन्धनले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।

  • रमजान महिनामा चुनाव नगर्न मुस्लिम समुदायको आग्रह

    गोविन्द शर्मा/उज्यालो । बाँके, बैशाख १० – दुई चरणमा स्थानीय तहको चुनाव गर्ने क्रममा जेठ ३१ गते दोश्रो चरणको मतदान गर्ने सरकारको निर्णयमा पुनर्विचार गर्न मुस्लिम समुदायले आग्रह गरेका छन् ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया