MENU

राजनीति

Ncell Axiata
USAID

२६ वर्षका बिक्रम गाउँपालिका प्रमुखका उम्मेद्वार

नेपालगञ्ज, वैशाख ६ – बाँकेको साविक कालाफाँटा, नरैनापुर, मटैया, गंगापुर, लक्ष्मणपुर र कटकुइया गाविस मिलाएर बनेको नरैनापुर गाउँपालिकाको प्रमुखमा २६ वर्षका बिक्रम यादव प्रतिष्पर्धामा उत्रनुभएको छ ।

२०४७ सालमा जन्मिएका यादवले तीन वर्षअघि भएको संविधानसभा निर्वाचनमा पहिलोपटक मतदान गरेको बताउनुहुन्छ ।  

नेकपा एमाले नरैनापुर गाउँपालिका संगठन कमिटीले २६ वर्षका युवा बिक्रमलाई गाउँपालिका प्रमुखका लागि सर्वसम्मत सिफारिस गरेपछि यादव यतिबेला राप्तीपारिका गाविसमा निर्वाचन अभियानमा खटिइसक्नुभएको छ । नेकपा एमालेका पालिका कमिटीले जिल्लामा सिफारिस गर्दा कम्तिमा तीन जनासम्म दावेदारको नाम सिफारिस गरेको अवस्थामा यादव भने प्रमुखका सर्वसम्मत उम्मेद्वार बन्नुभएको हो । 

प्रमुख पार्टीबाट अहिलेसम्म चर्चामा रहेका प्रमुखका दावेदार मध्ये यादव सबैभन्दा कम उमेरका हुनुहुन्छ । ‘राप्तीपारीको बघौडा क्षेत्र बाँकेको मात्रै नभएर नेपालकै विकट मध्येको क्षेत्र हो’ निर्वाचन अभियानमा होमिएका यादवले भन्नुभयो, ‘मेरो उम्मेद्वारी युवाको नेतृत्वमा विकास गर्न सकिन्छ भन्नका लागि हो ।’ बघौडा क्षेत्रमा विद्युत पुग्न नसकेको, सडक जीर्ण भएको, उच्च शिक्षा स्वास्थ्यको पूर्वाधार राम्रो नभएको र जनचेतनाको अभाव भएको भन्दै यादवले आफू बघौडालाई पूर्वाधार सम्पन्न, सुन्दर क्षेत्र बनाउन लागेको बताउनुभयो । नरैनापुर क्षेत्रको विकास युवाको नेतृत्वमा मात्रै सम्भव भएको नारा दिँदै यादव मतदातामाझ पुगिरहनुभएको छ । 

बाँकेको क्षेत्र नम्बर २ मा पर्ने ६ गाविस नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ । संविधानसभा निर्वाचनमा नेकपा एमालेका दिनेशचन्द्र यादव प्रतिष्पर्धी उम्मेद्वार भन्दा झण्डै पाँच हजार मतको अन्तरले विजयी हुनुभएको हो । 

नरैनापुर गाउँपालिकाका प्रमुखका उम्मेद्वार विक्रम यादव एमाले बैकल्पिक केन्द्रीय सदस्य समेत रहेका निर्वाचित सांसद दिनेशचन्द्र यादवका छोरा हुनुहुन्छ । बिक्रम यादव नेकपा एमाले सम्वद्ध युवा सङ्घ बाँकेका जिल्ला सदस्यको रुपमा कार्यरत रहनुभएको छ । 

क्षेत्रीय निर्वाचन कार्यालयका अनुसार नरैनापुर गाउँपालिकामा १५ हजार ४३ मतदाता रहेका छन् । नरैनापुरमा मधेसी जन अधिकार फोरम र नेपाली कांग्रेसको पनि राम्रो प्रभाव रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्ड बालकोटमा

    प्रकाश ढकाल/उज्यालो । काठमाडौं, वैशाख १० – मन्त्रिपरिषदको बैठक मुख्य एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ । सत्तारुढ दल र आन्दोलनरत मधेस केन्द्रित दलसित शनिबार भएको सहमति अनुसार संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्ने बारेमा मुख्य विपक्षी एमालेसँग पनि छलफल गर्ने भन्दै बैठक स्थगित भएको हो ।

  • मतदान गरेर फर्किँन तीन दिन

    बाजुराकोको सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन खर्चुनु पर्ने भएको छ ।

  • दुई महिनापछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी

    काठमाडौं, वैशाख १० – बरियता विवादका कारण यसअघिका मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका उपप्रधानमन्त्री बिमलेन्द्र निधि आइतबारको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएको छ ।

  • जागिर छोडेर उपमेयरको उम्मेद्वार बन्दै बिना

    बर्दिया, वैशाख १० – स्थानीय तहको चुनाव नजिकिएसँगै जागिरबाट राजीनामा दिएर उम्मेद्वार बन्ने लहर चलेको छ । उपमेयर उम्मेद्वारका लागि सिफारिस भएपछि ठाकुरद्धाराकी बिना भट्टराई जागिरबाट राजीनामा दिएर चुनावमा लाग्ने तयारी हुनुहुन्छ ।

  • चुनावी प्रचारका लागि कांग्रेसले नारा तय गर्‍यो

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसले चुनावी प्रचारका लागि ‘हामी भित्र म, सबै अट्ने देश सबैलाई समेट्ने कांग्रेस’ नारा तय गरेको छ । आइतबारदेखि फेसबुक पेजबाट औपचारिक प्रचार सुरु गर्दै कांग्रेसले नयाँ नारा पनि सार्वजनिक गरेको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया