MENU

राजनीति

Ncell Axiata
USAID

उम्मेद्वार सिफारिसकै लागि मतदान

तनहुँ, वैशाख ६ – तनहुँको भिमाद नगरपालिकामा मेयर पदमा उम्मेद्वारी छनोटका लागि नेकपा एमालेले आकाक्षी बिच मतदान गराएको छ ।

मेयर पदका लागि पाँच जनाले आकांक्षा व्यक्त गरेपछि आकांक्षीबिच मतदान गराइएको हो । मतदानमा दघिराज सुवेदीले २५ मत प्राप्त गर्नुभयो । मेखबहादुर थापाको पक्षमा २० मत खसेको थियो । त्यसैगरी काजीमान श्रेष्ठको पक्षमा १५, नारायण खनालको पक्षमा १३ र धुब्र खनालको पक्षमा ११ मत खसेको थियो । 

मतदानको आधारमा मेयरका आकांक्षीहरूको नाम सिफारिस गरिने नेकपा एमाले तनहुँले जनाएको छ । त्यसैगरी उपमेयरमा एमालेबाट यमकुमारी राना, कोपिला लम्साल र शारदा खनालको नाम सिफारिस गरेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया