MENU

राजनीति

Ncell Axiata
USAID

बुधबार दिनभरका मुख्य खबर पढ्नुहोस्

काठमाडौं, वैशाख ६ - स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी छ । मुख्य दलहरुले तोकिएकै मितिमै चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । बुधबार दिनभरका मुख्य खबर पढ्नुहोस् ।

मतदान केन्द्र निर्धारण

निर्वाचन आयोगले १८ हजार पाँच सय ७२ मतदान केन्द्र निर्धारण गरेको छ । आज बसेको आयोगको बैठकले वैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि मतदान स्थल निर्धारण गरेको हो । आयोगले १० हजार ६ सय ४० मतदान स्थलको टुंगो लगाउँदै १८ हजार ५ सय ७२ केन्द्र निर्धारण गरेको हो । एउटा मतदानस्थलमा एक भन्दा बढी केन्द्र पनि हुने छन् । 

उपप्रधानमन्त्री थापाको अभिव्यक्तिप्रति आयोगको आपत्ति

निर्वाचन आयोगले राप्रपाको अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्थानीय विकासमन्त्री कमल थापाको अभिव्यक्ति र क्रियाकलापप्रति कडा आपत्ति जनाएको छ । विधानबाट हिन्दू राष्ट्र र राजसंस्था हटाउन दिएको निर्देशनको प्रति जलाउँदै थापाले आयोगकै विरुद्ध आन्दोलन थाल्नु भएको छ । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज विज्ञप्ति निकालेर सत्तारुढ राप्रपाका अध्यक्ष तथा उपप्रधानमन्त्रीसमेत रहेका नेताबाट व्यक्त भएका विचार र उहाँको पार्टीका तर्फबाट भएका गतिविधिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । 

तोकिएको मितिमै चुनाव गर्ने मुख्य ५ दलको प्रतिबद्धता

संसदका पाँच ठूला दलले तोकिएकै मितिमा स्थानीय तहको चुनाव गर्ने प्रतिबद्धता जनाएका छन् । चुनावबारे आशंका सहतमै आइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको पाँच दलको बैठकले तोकिएकै मितिमा चुनाव गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा र नेपाल लोकतान्त्रिक फोरमको बैठक बसेको थियो । बैठकमा मधेसी दल सहभागी हुने भए केही ठाउँमा दोस्रो चरणमा चुनाव गराउन सकिनेबारे कुरा भएको छ । 

लाउडा भ्रष्टाचार प्रकरणमा ६ जनालाई सफाई

चर्चित लाउडा भ्रष्टाचार प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन नागरिक उड्डयनमन्त्री तारणीदत्त चटौतसहित ६ जनालाई सफाई दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले पूर्वमन्त्री चटौत, सिध्दराज जोशी, रामराजा उपाध्याय, पुष्करप्रसाद वाग्ले, उपेन्द्रप्रसाद उपाध्याय र अष्ट्रिया तथा इटलीका दुई नागरिकलाई सफाइ दिएको हो ।

विशेष अदालतले पनि २०६४ सालमा सातै जनालाई सफाइ दिएको थियो । वायु सेवा निगमका तत्कालीन कार्यकारी अध्यक्ष हरिभक्त श्रेष्ठ र सदस्य तीर्थलाल श्रेष्ठलाई सफाइ दिनेबारे भने न्यायाधीसहरुको मत बाझिएको छ । 

मुग्लिन नारायणगढ सडकखण्ड खुल्यो

नारायणगढ मुग्लिन सडकखण्डको घुमाउनेमा झर्न लागेको अवस्थामा देखिएको ढिस्कोको ६० प्रतिशत भाग झारिएपछि सडक बेलुकीदेखि सडक सञ्चालनमा आएको छ । सडक विस्तारका लागि पहाड काट्दै गरेको ठाउँमा ठूलो चट्टानसहितको पहिरो खस्न लागेपछि आज बिहान गाडी बन्द गरेर पहिरो खसाल्न थालिएको थियो । नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार ढिस्कोको ठूलो हिस्सा खसालेपछि अहिले सकडमा गाडी चल्न थालेका छन् । 

विराटनगर डिपिएल क्रिकेटको फाइनलमा

विराटनगर किंग्स धनगढी प्रिमिएर लिग डिपिएल क्रिकेटको फाइनलमा पुगेको छ । आज भएको पहिलो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई २९ रनले हराउँदै विराटनगरले फाइनलमा स्थान बनाएको हो । विराटनगर किंग्स्ले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्सले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९९ रन मात्रै बनाउन सक्यो । 

एपीएफ पाँचथर गोल्डकपको फाइनलमा

एपीएफ पूर्वाञ्चल पाँचथर गोल्डकपको फाइनलमा पुगेको छ । पाँचथरको फिदिम उच्च माविमा भएको आजको खेलमो पथरी स्पोटिङ क्लबलाई ३–० ले हराउँदै एपिएफ पूर्वाञ्चलले फाइनल यात्रा तय गरेको हो । अन्तिम सेमिफाइनलमा भोलि रेडहर्स इलाम र विर्ता युनाइटेड क्लब झापाबीच खेल हुनेछ । 

 यो पनि पढ्नुहोस्

क्याप्टेनका छोरा होटलमा भाँडा माझ्दै

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया