MENU

खेल

Ncell Axiata
USAID

बार्सिलोनाको च्याम्पियन्स लिग यात्रा टुंगियो, एमएसएनले गोल गर्न सकेनन्

वैशाख ७ – बार्सिलोनाको च्याम्पियन्स लिग फुटबलको यात्रा टुंगिएको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा इटालियन क्लब युभेन्टससँग गोलरहित बराबरीमा रोकिएपछि स्पेनिस जाइन्ट बार्सिलोनाको च्याम्पियन्स लिग यात्रामा पूर्णविराम लागेको हो । पहिलो लेगमा ३–० ले पराजित भएको बार्सिलोनाले घरेलु मैदान क्याम्प नाउमा भएको दोस्रो लेगमा पुनरागमन गर्ने प्रयास गरेको हो । तर युभेन्टसको अपेक्षाकृति रक्षात्मक प्रदर्शनले बार्सिलोनाको प्रयास सफल हुन सकेन । गोलरहित बराबरीपछि युभेन्टस समग्रमा ३–० को जितसहित अन्तिम चारमा पुगेको छ । अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पराजित भएर पनि बार्सिलोनाले दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गरेको थियो । दोस्रो लेगमा ६–१ को जित निकालेर अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि त्यस्तै पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा भएका खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरेपनि गोल भने गर्न सकेन । लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्ने प्रयास गरे । तर उनीहरुको प्रहार गोलमा परिणत भने हुन सकेन । यस्तै युभेन्टसका गोन्जालो हेगुइन, मार्क एण्ड्रे तथा आन कुएड्राडोले गोल राम्रा प्रयासमा गोल गर्न सकेनन् । बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्न असफल भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ?

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • मेस्सीको बायाँ खुट्टामा जादु

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी

    वैशाख ११ – चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

  • म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल

    वैशाख ११ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो ।

  • आइपिएलमा बैंग्लोरको खराब कीर्तिमानः ९.४ ओभरमा ४९ रन

    वैशाख ११ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया