MENU

खेल

Ncell Axiata
USAID

आइपिएलः हैदरावादले जित्यो, विलियम्सनले बनाए ८९ रन

वैशाख ७ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा हैदरावादले दिल्ली डेयरडेभिल्सलाई १५ रनले हराएको हो । १ सय ९२ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७६ रन मात्र बनाउन सक्यो । उसका श्रेयस आयरले नटआउट ५०, सन्जु सामसोनले ४२, करुण नायरले ३३ तथा एन्जेलो म्याथ्युजले ३१ रन बनाए पनि हार टार्न सकेनन् । हैदरावादका मोहम्मद सिराजले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९१ रन बनायो । उसका लागि केन विलियम्सनले ८९ र शिखर धवनले ७० रनको योगदान गरे । दिल्लीका क्रिस मोरिसले चार विकेट लिए । ६ खेलमा चौथो जित निकालेको हैदरावाद ८ अंकसहित दोस्रो स्थानमा छ । पाँच खेलमा दुई खेल मात्रै जितेको दिल्ली चार अंकसहित चौथो स्थानमा छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सी भर्सेस रोनाल्डो : इएल क्लासिकोमा कसको गोल कति ?

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • मेस्सीको बायाँ खुट्टामा जादु

    वैशाख ११ – स्पेनिस ला लिगाको उपाधि होडमा महत्वपूर्ण इएल क्लासिकोमा बार्सिलोनाले बाजी मारेको छ । लिग अन्तर्गत आइतबार राति रियल मड्रिडको मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा बार्सिलोनाले घरेलु टोली रियल मड्रिडलाई ३–२ ले हराएको हो ।

  • चेल्सीका कान्टे बने पिएफए वर्ष खेलाडी

    वैशाख ११ – चेल्सीका मिडफिल्डर एन’गोलो कान्टेले यो वर्षको पिएफए वर्ष फुटबल खेलाडी अवार्ड जितेका छन् । मनोनयनमा परेका अरु पाँच जनालाई पछि पार्दै कान्टेले अवार्ड जितेका हुन् ।

  • म्यानचेस्टर युनाइटेडले जित्यो, घरेलु मैदानमै हार्‍यो लिभरपुल

    वैशाख ११ – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले बर्नलीलाई २–० ले हराएको हो ।

  • आइपिएलमा बैंग्लोरको खराब कीर्तिमानः ९.४ ओभरमा ४९ रन

    वैशाख ११ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत आइतबार राति भएको खेलमा कोलकाता नाइट राइडर्स विजयी भएको छ । कोलकाताले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८२ रनले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया