MENU

खेल

Ncell Axiata

बोरुसिया हार्‍यो, मोनाको पुग्यो सेमिफाइनलमा

वैशाख ७ – फ्रेन्च लिग वान क्लब मोनाको च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति घरेलु मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई ३–१ ले हराएर समग्रमा ६–३ को जितसहित मोनाकोले अन्तिम चारमा स्थान पक्का गरेको हो । गएको हप्ता बोरुसियाको मैदान एक दिन ढिलो गरी भएको पहिलो लेगमा मोनाको ३–२ ले विजयी भएको थियो । बोरुसियाका खेलाडीको बसमा बम आक्रमण भएपछि खेल एक दिन पछि भएको थियो । दोस्रो लेगमा बोरुसियाले पुनरागमन गर्ने प्रयास गरेपनि सफल हुन सकेन । तेस्रो मिनेटमा नै केलियन एमबाप्पेले गोल गर्दै मोनाकोलाई सुरुवाति अग्रता दिलाए । १७ औं मिनेटमा राडामेल फालकाओले अग्रता दोब्बर पारेपछि पहिलो हाफमा मोनाकोले २–० को अग्रता लियो । दोस्रो हाफमा बोरुसियाले खेलमा फर्किने प्रयास गर्‍यो । ४८ औं मिनेटमा मार्को रुइसले बोरुसियाका लागि एक गोल फर्काए । तर ८१ औं मिनेटमा वालेरी जर्माइनले गोल गर्दै ३–१ को जित दिलाए । सबसिच्युटको रुपमा मैदान छिरेका उनले मैदान छिरेको २२ सेकेण्ड भित्रै गोल गरेका हुन् । मोनाको सन् २००४ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया