MENU

समाज

Ncell Axiata
USAID

मध्यपहाडी लोकमार्ग : पूर्वी खण्डको काम उत्साहजनक

यस श्रृँखलामा हामीले मध्यपहाडी लोकमार्गको समग्र अवस्था अनि पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सिन्धुली र नुवाकोटलाई समेटेर मध्यपहाडी लोकमार्गको पूर्वी खण्डका विभिन्न सामग्री प्रस्ततु गर्‍यौं । आज हामी श्रृँखलाको मध्यभागमा आइपुगेका छौं । आजको अंक ६ सय ९० किलोमिटर लामो पूर्वी खण्डको सडकको समग्र अवस्था, समस्या र समाधानका बारेमा केन्द्रित छ । मध्यपहाडी लोकमार्गको समग्र अवस्थाबारे अर्जुन पोख्रेलले मध्यपहाडी लोकमार्ग पूर्वी खण्डका आयोजना प्रमुख सत्यन्द्र शाक्यसँग कुराकानी गर्नुभएको छ । 

  • मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वी खण्डको समग्र काम कस्तो छ ?

– नुवाकोटको पातीभञ्ज्याङबाट पाँचथरको चियोभञ्ज्याङसम्म ६ सय ९० किलोमिटर सडक पूर्वी खण्डमा पर्छ । ६ सय ९० किलोमिटर मध्ये ४ सय ९४ किलोमिटर मात्रै मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्छ बाँकी १ सय ९६ किलोमिटर सडकको काम अन्य आयोजना अन्तर्गत नै भइरहेकोे छ । हामीले पुर्वी खण्डलाई ४ भागमा राखेर काम गरिरहेका छौं । फिदिम खण्डमा १ सय १२ किलोमिटर तेह्रथुम खण्डमा १ सय ४०,भोजपुर खण्डमा २ सय ६२ किलोमिटर र सिन्धुली खण्डमा १ सय ७६ किलोमिटर सडक पर्छ । 

सेक्टरअनुसार हेर्ने हो भने चियो भञ्ज्याङबाट गणेशचोकको ६० किलोमिटरमा ९ किलोमिटरको कालोपत्रे ठेक्का लगाएका छौं र २९ किलोमिटर ग्राभेल भइसकेको छ  भने १६ किलोमिटरमा चौडा गर्न र अन्य संरचना बनाउने काम भइरहेको छ । त्यस्तै जोरसाल तमोरको ११ किलोमिटरमध्ये ८ किलोमिटर कालोपत्रे भइसकेको छ । त्यस्तै तमोरबाट संक्रान्तिसम्म २४ किमी कालोपत्रको चरणमा छ । संक्रान्तिबाट म्याङलुङसम्मको ६८ किलोमिटरमा कालोपत्रेको ठेक्का प्रक्रिया सुरु भइसकेको छ । 

  • तपाईंले खण्ड खण्डको कुरा गर्नुभयो, सगम्रमा हेर्दा काम सन्तोषजनक छ त  ?

– यस्तै अन्य खण्डमा पनि उत्साहजनक रुपमा काम भइरहेको छ । समग्रमा हेर्दा पूर्वी खण्डको काम सन्तोषजनक रुपमा भइरहेको छ । हाम्रो वित्तिय प्रगति पनि शतप्रतिशत छ, अनि भौतिक प्रगती पनि हामीले जुन लक्ष्य लिएका काम गरेका छौं त्यो भेटाउन सफल भएका छौं । 

  • भनेपछि यो आर्थिक बर्षमा पुर्वी खण्डमा छुट्याइएको १ अर्ब ४४ करोड रुपैयाँ नै खर्च हुने अवस्था छ ?

– तपाईंले भनेजति रकम लगभग खर्च भइसक्यो भनेपनि हुन्छ । फागुन मसान्तसम्म हामीले ७२ प्रतिशत रकम सकेका छौं, बाँकी पनि भुक्तानी गर्दा सकिन्छ । चैतपछि हामीसँग पैसा छैन् । त्यसैले थप कामको लागि हामीलाई थप बजेट निकासा गरिदनपर्‍यो भनेर हामीले सडक विभाग र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा निवेदन दिएका छौं ।

  • विकासका अन्य आयोजनामा रकम नै खर्च हुन सकेको छैन, पुँजीगत खर्च नभएर सरकार हैरान भएको छ, तर तपाईंहरुले आर्थिक वर्ष आउन २ महिनाअघि नै  सबै रकम खर्च गर्नुभएछ, कसरी सम्भव भयो ?

– यो प्रोजेक्टमा राजनीतिक हस्तक्षेप छैन्, यो  जनताको आयोजना हो, पूरै प्राविधिक हिसाबले काम गरिरहेका छौं । यसमा जनताको जग्गा अधिग्रहणवापत मुआब्जा दिएका छैनौं, घर टहरा पर्ने रहेछ भने जति क्षति भएको हो त्यती मात्रै दिएका छौं । पूर्व पश्चिम राजमार्गको विकल्पको सडक भएकोले यो सडकले मध्यपहाडका जिल्ला चिरेर नागरिकको जीवनस्तर उकास्दैछ । त्यसैले पनि खासे अवरोध छैन्, नागरिकको आयोजना भएकाले पैसा खर्च गर्न समस्या भएन् ।

हामीलाई कतै अप्ठ्यारो पर्‍यो भने, त्यहाँका स्थानीय तहका नेताहरु आएर नै समस्या समाधान गरिदिने भएकाले पनि हामीलाई धेरै सजिलो छ । वास्तवमा हामीलाई यो आयोजनामा काम गर्दा निकै सजिलो भएको छ । 

  • तर तेह्रथुमको म्याङलुङ लगायतका ठाउँमा बाटो कताबाट लैजाने भन्ने विवाद, केही ठाउँमा मुआब्जा विवाद, अनि कतै कतै विकास अन्य आयोजनाका कारण अवरोध आएका खबर आएका छन्, तपाईंले कार्यक्षेत्रमा त्यस्तो देख्नुभएको छ ?

– जुनसुकै आयोजना निर्माण गर्दा एकपक्षिय हुँदैनन्, त्यसमा बहुपक्षिय विषय हुन्छन् । केही सकारात्मक र नकारात्मक कुरा भैहाल्छन् । यो आयोजनामा  पनि केही ठाउँमा बाधा अवरोध छन् नै । कसैले घरछेउँबाटै बाटो लैजान पाए हुन्थ्यो भन्ने अनि कसैले चाँही घरबारी जाने डरले अलि परैबाट बाटो गए हुन्थ्यो भन्ने चाहना राख्नु पनि स्वभाविक नै हो । सबैका समस्या समाधान गर्न थाल्यौं भने हामीले बनाउन लागेको सडक हाइ–वे हुँदैन स्थानीय सडक जस्तो हुन्छ । सबैको चित्त बुझाउनको लागि ठाउँ ठाउँमा लिंक रोड जोड्न सकिन्छ भनेर चित्त बुझाइदिएका छौं ।

  • भनेपछि ठूला विवाद छैनन्, साना विवाद समाधान स्थानीय स्तरमै समाधान भएका छन् ?

– हाम्रो रोडमा परेका विवाद र स्थानीय तहमै, त्यहाँको जिल्ला विकास समिति, जिल्ला प्रशासन कार्यालयमा पुगेर समाधान गर्ने गरेका छौं भने रोड साइडमा देखिएका विवाद साइडमै टुंग्गाएका छौं । 

  • निकै उत्साहका कुरा गर्नुभयो, यहि हिसाबले काम भयो भने मध्यपहाडी लोकमार्ग तोकिएकै समय अर्थात आर्थिक वर्ष २०७७/०७८ सम्म पूरा हुन्छ त ?

– हामीले बाटो लम्ब्याउने कुरा गरेनौं र यहि हिसाबले काम अघि बढ्यो भने २०७७/०७८ मा हामीले पूर्वी खण्डको काम पूरा गर्छौं । नुवाकोटको पातीभञ्ज्याङबाट पाँचथरको चियोभञ्ज्याङसम्मकै काम उत्साहजनक रुपमा काम भइरहेको छ ।

  • बजेट र विवादबाहेक  जनशक्तिको समस्या जस्ता अन्य केही समस्या छन्  ?

– हो, जनशक्तिको समस्या छ । प्राविधिक र कामदारहरुको समस्या देखिन्छ कहिलेकाँही । अनि अन्य निकायसँग समन्व्य गर्दा पनि समस्या देखिएको छ । एउटा सानो कामको लागि धेरै निकाय धाउँदा समस्या  भैहाल्छ । निर्माण सामग्री र स्थानीय केही समूहबाट बेला बेलामा अबरोध आएका हुन्छन् तर हामीले जिल्ला प्रशासन कार्यालय र अन्य सम्बन्धित निकायसँग छलफल गरेर सुल्झाउँछौं । 

यो पनि पढ्नुहोस्

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै– ४ : मध्यपहाडी लोकमार्ग : उत्साह र निराशा उत्तिकै

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै– ३ : परिवर्तनको ढोका खोल्दै मध्यपहाडी लोकमार्ग

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै–२ : तेह्रथुम र पाँचथरमा यसरी हुँदैछ काम

खोला तर्दै डाँडा चढ्दै : मध्यपहाडी लोकमार्ग मेची–काली जोड्दै–१ : मेचीकाली जोड्ने लोकमार्गको यस्तो छ प्रगति

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया