MENU

खेल

Ncell Axiata

च्याम्पियन्स लिगको सेमिफाइनल समिकरण पूरा, शुक्रबार ड्र

वैशाख ७ – च्याम्पियन्स लिग फुटबलको सेमिफाइनल समिकरण पूरा भएको छ । बुधबार राति भएको क्वाटरफाइनको दोस्रो लेगका दुई खेलबाट युभेन्टस र मोनाको अघिल्लो चरण पुगेसँगै सेमिफाइनल समिकरण पूरा भएको हो । युभेन्टस र मोनाकोसँगै रियल मड्रिड र एथ्लेटिको मड्रिडले अन्तिम चारमा स्थान बनाएका छन् । यो सिजनको सेमिफाइनलमा पुग्नेमा दुई स्पेनिस क्लब छन् भने इटाली र फ्रान्सका एक क्लब छन् । सेमिफानलको ड्र शुक्रबार हुनेछ । त्यसपछि फाइनल प्रवेशका लागि कुन टिमले कोसँग प्रतिस्पर्धा गर्ने भन्ने थाहा हुनेछ । 

कुन टिम कसरी पुगे ? 

रियल मड्रिडः साबिक विजेता रियल मड्रिड क्वाटरफाइनलमा समग्रमा ६–३ को जितसहित सेमिफाइनलमा पुगेको हो । रियलले जर्मन क्लब बार्यन म्युनिखलाई पहिलो लेगमा २–१ तथा दोस्रो लेगमा ४–२ ले हराएको हो । रियल लगातार सातौं सिजन सेमिफाइनलमा पुगेको हो ।

एथ्लेटिको मड्रिडः एथ्लेटिको मड्रिडले इंग्लिस क्लब लेस्टर सिटीलाई समग्रमा २–१ को जितसहित सेमिफाइनलमा पुगेको हो । पहिलो लेगमा १–० ले विजयी भएको एथ्लेटिकोले दोस्रो लेगमा लेस्टरसँग १–१ को बराबरी खेलेको हो । 

युभेन्टसः इटालियन क्लब युभेन्टस स्पेनिस जाइन्ट बार्सिलोनालाई समग्रमा ३–० ले हराएर अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा ३–० ले विजयी भएको युभेन्टस दोस्रो लेगमा बार्सिलोनासँग गोलरहित बराबरीमा रोकियो । बार्सिलोना लगातार दोस्रो सिजन सेमिफाइनलमा पुग्न असफल रह्यो । 

मोनाकोः फ्रेन्च लिग वान क्लब मोनाको जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ६–३ ले हराएर सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा ३–२ ले विजयी भएको मोनाकोले दोस्रो लेगमा ३–१ को जित निकाल्यो । मोनाको सन् २००४ पछि पहिलो पटक च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया