MENU

राजनीति

Ncell Axiata

मधेस केन्द्रित पाँच दलले बनाउने भए राष्ट्रिय जनता पार्टी, आज घोषणा गर्ने तयारी

काठमाडौं, वैशाख ७ – मधेस केन्द्रित राजनीति गर्दै आएका पाँचवटा दल मिलेर नयाँ दल घोषणा गर्ने भएका छन् ।

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र यादव नेतृत्वको तराई मधेस सद्भावना पार्टीबिच एकता हुने भएको हो ।

केही हप्ता अघिदेखि एकीकरणको प्रयास थालेका मधेस केन्द्रित दलले नयाँ नाम, चुनाव चिन्ह र झण्डासहितको पार्टी घोषणा गर्न लागका हुन् । सद्भावना पार्टीका महासचिव मनिष सुमनका अनुसार नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी रहने छ । त्यस्तै चुनाव चिन्ह छाता राख्ने सहमति पनि भएको छ ।

सबै दलका नेता सम्मिलित कार्यदलले अहिले दस्ताबेज बनाउने काम गरिरहेको र बिहीबार नै पार्टी घोषणा सभा गर्ने तयारी पनि चलिरहेको जानकारी दिनुभयो । नयाँ दलको सकेसम्म छिटो महाधिवेशन गर्ने र त्यतिन्जेलसम्मका लागि सामुहिक नेतृत्वमा पार्टी रहने सहमति भएको छ ।

अहिले सबै दलका शीर्ष नेता रहेको अध्यक्ष मण्डल रहने र पालैपालो अध्यक्षता गर्ने सहमति भएको छ । झण्डा लगायतका केही कुरा भने टुंगिन बाँकी छ । अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टी भने  एकीकरणमा सहभागी नहुने भएको छ ।

मधेस आन्दोलनको नेतृत्व गरेको उपेन्द्र यादव नेतृत्वको दल संघीय समाजबादी फोरम बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिसँग पार्टी एकता गर्ने तयारीमा छ । विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक आफै साना दलहरुलाई गाभ्ने अभियान चलाइरहेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मोरङमा थपियो मतदान केन्द्र

    मोरङ, कात्तिक ७ – मोरङमा प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ ।

  • चुनावसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आवश्यक

    काठमाडौं, कात्तिक ७ – निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले चुनावनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

  • केन्द्रमा महत्व राख्ने नेताको चुनावी यात्रा

    प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३ सय २० र प्रदेशसभा ७४ सदस्यका लागि ४ सय ८२ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य चुनावमा केहि केन्द्रिय नेता एक अर्काविरुद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिदै छन् ।

  • राजपाको युवा संघ अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं, कात्तिक ७ – राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

  • बैतडीमा दुई मन्त्री चुनाव लड्दै, टक्कर पर्ने अनुमान

    बैतडी, कात्तिक ७ – प्रतिनीधि सभा चुनावका लागि बैतडीमा दुईजना राज्यमन्त्री भिड्ने भएका छन् । नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी प्रतिनिधि सभा सदस्यका लागि चुनावमा भिड्ने भएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया