MENU

खेल

Ncell Axiata

मेस्सी यसरी पछारिए मैदानमा

वैशाख ७ – बार्सिलोना लगातार दोस्रो सिजन च्याम्पियन्स लिग फुटबलको सेमफाइलनमा स्थान बनाउन असफल रह्यो । लिग अन्तर्गत बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युभेन्टससँग गोलरहित बराबरीमा रोकिएको बार्सिलोना समग्रमा ३–० को हारसहित प्रतियोगिताबाट बाहिरियोअन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग ४–० ले पराजित भएर पनि बार्सिलोनाले दोस्रो लेगमा ऐतिहासिक पुनरागमन गरेको थियो । दोस्रो लेगमा ६–१ को जित निकालेर अन्तिम ८ मा स्थान बनाएको बार्सिलोनाले क्वाटरफाइनलको दोस्रो लेगमा पनि त्यस्तै पुनरागमन गर्न सक्ने अपेक्षा गरिएको थियो । तर घरेलु मैदानमा भएका खेलमा बार्सिलोनाले ३५ पटक पोस्ट प्रहार गरेपनि गोल भने गर्न सकेन । लियोनल मेस्सी, लुइस स्वारेज तथा नेइमारले गोल गर्ने प्रयास गरे । तर उनीहरुको प्रहार गोलमा परिणत भने हुन सकेन । यो खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सी एक्लैले पाँचपटक पोस्ट प्रहार गरेका थिए ।

तर गोल भने गर्न सकेनन् । युभेन्टसको अपेक्षाकृत रक्षात्मक प्रदर्शनका कारण बार्सिलोना निराश बन्यो । पहिलो हाफ उसका लागि निकै कठिन बन्यो । यही क्रममा मेस्सीले पहिलो हाफको अन्त्यतिर युभेन्टसका मिसालेम जानिकसँग बल नियन्त्रणमा लिन लाग्दा नराम्रोसँग मैदानमा पछारिएका छन् । मेस्सी मैदानबाट उफ्रिएर हेडमार्फत बल नियन्त्रणमा लिने प्रयास गर्दा पछारिएका हुन् । उनको टाउको जमिनमा जोतिँदा सामान्य चोट पनि लागेको छ । सामाजिक सञ्जालमा यो घटनाको तस्बिर तथा भिडियो सेयर भइरहेको छ । केहीले यसलाई अरु तस्बिरसँग एडिट गरेर पनि पोष्ट गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया