MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

तराईका जिल्लामा आश्रित चरा बढी संकटमा

काठमाडौं, वैशाख ७ – तराईका जिल्लामा आश्रित चरा बढी संकटमा पर्न थालेका छन् । चराको विविधता धेरै हुने तराई मधेसमा जनसंख्याको चापका कारण चरा संकटमा पर्न थालेको चारविदले बताएका हुन् ।

संकटमा रहेका १ सय ६८ प्रजातिका चरामध्ये ५० प्रतिशत चरा तराईमा रहेका चराविद डा. हेमसागर बरालले बताउनुभयो । संरक्षित क्षेत्र भन्दा बाहिर चराका लागि उपयुक्त घाँसे मैदान र सिमसार नहुनुले चरा संकटमा परेका हुन् । नेपालमा अहिले ८ प्रजातिका गरुड पाइन्छन् र ती सबै प्रजाति संकटमा परेका छन् ।

यस्तै हाँसको नखटा प्रजाति पनि संकटमा परेको बरालले बताउनुभयो । बासस्थानको अभावका कारण यी हाँस कोशी र चितवनबाट विस्थापित हुन थालेका छन् ।

चराका लागि उचित बासस्थान र आहारको जोहो गर्न नसके सजिलै पाइने र देखिने चरा पनि संकटमा पर्न सक्ने चराविदले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया