MENU

अन्तर्राष्ट्रिय

Ncell Axiata
USAID

भेनेजुएलाः सरकार विरोधी प्रदर्शनको क्रममा तीनजनाको मृत्यु

वैशाख ७ – दक्षिण अमेरिकी देश भेनेजुएलामा सरकारको विरोधमा भएको प्रदर्शनको क्रममा तीनजनाको ज्यान गएको छ । भेनेजुएलामा राष्ट्रपति निकोलश मदुरोको सरकार विरुद्ध विपक्षीले प्रदर्शन गर्दै आएका छन् । राजधानी कराकसमा एक किशोर तथा कोलम्बियाको सीमा नजिकको सान क्रिटोबालमा एक महिलनाको गोली लागेर ज्यान गएको छ । यस्तै राजधानी कराकसमै एकजना सुरक्षाकर्मीको ज्यान गएको छ । नयाँ राष्ट्रपतीय चुनावको माग गर्दै दशौं हजारले प्रदर्शन गरेका छन् । विपक्षी पार्टीको नेतृत्वमा भएको प्रदर्शनमा धेरैको सहभागिता छ । उनीहरुले जेलमा रहेका आफ्ना नेता तथा कार्यकर्ताको रिहाइको माग पनि गरेका छन् । राष्ट्रपति मदुरोले विपक्षी प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेको आरोप लगाउनुभएको छ । यस्तै प्रदर्शनकारीले लुटपाट गरेको आरोप पनि उहाँले लगाउनुभएको छ । विपक्षी नेता हेन्रिक्युज काप्रिलेसले भने प्रदर्शनलाई थप प्रभावकारी बनाउन समर्थकसँग आग्रह गर्नुभएको छ । भेनेजुएलमा आर्थिक संकटको अवस्था आएको छ भने प्रदर्शनले देशको अवस्था थप संकटपूर्ण बन्दै गएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया