MENU

राजनीति

Ncell Axiata
USAID

राष्ट्रपति र भारतमा रहेका प्रवासी नेपालीबिच भेटवार्ता

काठमाडौं, वैशाख ७ – भारतको राजकीय भ्रमणमा रहनु भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार प्रवासी नेपालीले भेटेका छन् । राष्ट्रपति रहेको होटेल इम्पेरियलमा प्रवासी नेपालीले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् ।

राष्ट्रपति भण्डारी बिहीबार गुजरातको राजकोटमा रहेको औद्योगिक क्षेत्रको अवलोकनमा जाने कार्यक्रम छ । गोपाल दुग्ध डेरी उद्योगको अवलोकन पछि उहाँ  दिउँसो उडिसा राज्य जाने कार्यक्रम छ ।

यसैबिच भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बिहान भ्रमण दलका सदस्यलाई समीक्षात्मक जानकारी गराउनुभएको थियो ।

पाँच दिने भारत भ्रमणमा जानु भएकी राष्ट्रपतिले उच्चस्तरीय भेटवार्ता गरिसक्नु भएको छ । उहाँ शुक्रबार स्वदेश फर्कनु हुनेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया