MENU

राजनीति

Ncell Axiata
USAID

मन्त्रिपरिषद् बैठकले के के निर्णय गर्‍यो ?

काठमाडौं, वैशाख ७ – सरकारले पुँजीगत खर्च बढाउन विकास निर्माणका कामलाई अझ तीव्रता दिने निर्णय गरेको छ । आर्थिक वर्ष सकिन तीन महिना बाँकी रहँदासमेत पुँजीगत खर्च ३० प्रतिशतभन्दा माथि जान नसकेपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुँजीगत खर्च बढाउने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले काभ्रेको पाँच खालका १८ वर्षका अजित मिजारको परिवारलाई दश लाख रुपैयाँ दिने निर्णय पनि गरेको छ । गएको असार २९ गते घरबाट हराएकामा असार ३० गते धादिङको गजुरी खोलामा उनको शव फेला परेको थियो ।

त्यस्तै मन्त्रिपरिषद बैठकले बिपी कोइराला पार्क सिन्धुलीको दुम्जामा  र पुष्पलाल पार्क रामेछापमा बनाउने निर्णय गरेको छ । पार्क निर्माणको अध्ययनका लागि ५० लाख छुट्याइएको छ ।

सरकारले नेपाल वायु सेवा निगमलाई वाइड बढी जहाज निकल्लनका लागि अनुमति दिँदै जमानी बस्ने निर्णय पनि गरेको ऊर्जा मन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो ।

युरोपियन युनियनलाई जग्गा खरिद गर्न अनुमति दिन, नेपाली सेनाका प्रमुख सेनानी गौरवकुमार केसीलाई महासेनानीमा बढुवा गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।

यस्तै धुर्मुस सुन्तलीद्वारा बर्दिवासमा निर्मित एकीकृत मुसहर बस्तीको लागि सरकारले जिष्ट्रेशन फि मिनाहा गर्ने निर्णय गरेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया