MENU

साहित्य/ कला

Ncell Axiata Naya Saptati
USAID

मदनपुरस्कार विजेता ‘खलंगामा हमला’ अब अंग्रेजीमा

काठमाडौं, वैशाख ७ – मदनपुरस्कार विजेता पुस्कत ‘खलंगामा हमला’ अंग्रेजी संस्करणमा आएको छ । नेपाली पाठक माझ लोकप्रिय रहेका कृतिलाई वृहत अंग्रेजी घेरामा लैजानका लागि नेपालयले ‘खलंगामा हमला’ को अंग्रेजी संस्करण ‘जुम्ला-एउटा नर्सको कथा’ रुपमा तयार पारेको छ ।

पुस्तक जुम्लास्थित कर्णाली सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रलाई लेखिका राधा पौडेलले हस्तान्तरणसँगै विमोचित भएको छ । पुस्तकालयका कोषाध्यक्ष रत्नप्रसाद उपाध्यायलाई पुस्तक प्रदान गरिएको थियो । दसवर्षे द्वन्द्वलाई हरेक नेपालीले फरक ढंगमा भोगेका छन् । कोही दिनरात द्वन्द्वको भुक्तमान भएर बाँचे ।

कोही यसैमा सरिक भएर हिँडे । कोही प्रत्यक्षदर्शी बने । यी फरक भोगाइका आ–आफ्नै फरक अनुभूति थिए । यस्तै फरक अनुभूतिले दिएको एउटा फरक कथा हो ‘खलंगामा हमला’ । पेसाले नर्स पौडेलले जुम्लामा रहँदा द्वन्द्वको कटु अनुभव संगाल्नुपर्‍यो ।

सुरक्षित मातृत्व कार्यक्रमका निम्ति त्यहाँ खटिएकी उहाँले बिस्तारित बसाइकै क्रममा माओवादीको खलंगा हमला झेल्नुभएको थियो । यो पुस्तकको अंग्रेजी संस्करण पनि अहिले बजारमा आएको छ । 

 

प्रतिक्रिया दिनुहोस

Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया