MENU

मनोरञ्जन

Ncell Axiata
chhaka panja

छुल्ठिम भन्छिन्–रेखाले खोजेको कुरा मैलै दिएँ

काठमाडौं, वैशाख ७ – आरजे, भिजे हुँदै अभिनेत्री र निर्मात्री बनेकी छुल्ठिम गुरुङ अहिले सिनेमा ‘डायरी’ को प्रमोशनमा व्यस्त छिन् । त्यस्तै उनी सिनेमा ‘नेप्टे’ मा अभिनेता दयाहाङ राईको जोडीको रुपमा अनुबन्धित भएकी छिन् । दयासँग छुल्ठिमले ‘नेप्टे’ मार्फत पहिलो पटक स्क्रिन सेयर गर्दैछिन् । विशेष गरी अभिनेत्रीको रुपमा अघि बढेकी छुल्ठिमको अर्को परिचय पनि छ, गायिकाको । उनले ‘खसेको तारा’ बोलको गीतमा आवाज दिएकी छिन् ।

छुल्ठिमले सिनेमा ‘डायरी’ निर्माण गरेर निर्मात्रीको परिचय त थपेकी छिन् नै उनले यस सिनेमा मार्फत अन्य दुईवटा नयाँ काम पनि गरेकी छिन् । एउटा, नयाँ हिरोलाई स्थान दिएकी छिन्  भने अर्को अभिनेत्री रेखा थापालाई पहिलो पटक भिलेनको रुपमा प्रस्तुत गरेकी छिन् । अभिनेता सन्नी सिंह छुल्ठिमको ‘डायरी’ बाट सिने नगरीमा प्रवेश गर्दैछन् । 

यसरी छानिए सन्नी

छुल्ठिमका अनुसार निर्माण टोलीले सन्नीलाई सामाजिक सञ्जालमा देखेर सिनेमामा ल्याउने मन बनाएको थियो । सन्नी पहिलेदेखि नै यस क्षेत्रमा आवद्ध थिए । सिनेमामा आउनु भन्दा पहिले मोडलिङमा सक्रिय सन्नीले यहि क्रममा दिएको एक अन्तर्वार्तामा आफूलाई सिनेमामा रुची भएको बताएका थिए ।

यहि कुरालाई ध्यानमा राख्दै निर्माण टोलीले उनको अडिशन लियो जसमा उनी पास भए र सिने नगरीमा प्रवेश गर्ने मौका पाए । सन्नीले सिनेमामा अनुबन्धित भएपछि नृत्य, फाइट र अभिनय सिकेका थिए । 

साथीले खोजेको कुरा मैलै दिएँ

रेखा थापा र छुल्ठिम एकदमै मिल्ने साथी हुन् । मिल्ने साथी भएकै कारण छुल्ठिमको सिनेमाबाट रेखा भिलेनको रुपमा डेब्यु गर्दैछिन् । रेखा सिनेमा क्षेत्रमा लागेको डेढ दशक बढी भइसकेको छ ।

यो अवधीमा पहिलो पटक ‘डायरी’ मार्फत भिलेनको रुपमा देखा पर्दैछिन् । यहि प्रसंगमा छुल्ठिम भन्छिन्, ‘सायद यति लामो सिने करिअरमा रेखाले केही फरक गर्न खोजेकी थिइन् होला, जुन मौका मैलै दिए जस्तो लाग्छ ।’ 

उज्यालो र forseenetwork.com को सहकार्य

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​केपी ओलीले भने – सबै हाम्रा आइडल हुन्, बुद्ध लामालाई बधाई

    काठमाडौं, असोज ७ – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आइडलका विजेता बुद्ध लामालाई बधाई दिनुभएको छ ।

  • बुद्ध लामा बने नेपाल आइडल, को हुन् बुद्ध लामा ?

    ‘जहिले पनि गीत नै गाइरहने भएकाले त गाली गर्थेँ, पछि गायनमै लाग्ने रहेछ भनेर संगीत सिक्नका लागि पठाएँ’, बुद्ध लामाका बुवा सन्तबहादुर लामा भन्नुहुन्छ ।

  • के-के पाउँछन् नेपाल आइडलले ?

    काठमाडौं, असोज ६ – प्रथम नेपाल आइडलले दर्शकको मन त जित्ने नै छन्, त्यसका साथै प्रथम नेपाल आइडलले २० लाख रुपैयाँ नगद, महिन्द्राको केयुभी १०० र १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट पाउनेछन् ।

  • को बन्ला पहिलो नेपाल अाइडल ?

    काठमाडौं, असोज ६ – शुक्रबार नेपाली संगीत पारखाीहरुले प्रथम नेपाल आइडल पाउने भएका छन् । लोकप्रिय रियालिटी टेलिभिजन शो नेपाल आइडलको ग्रान्ड फिनालेमा पुगेका तीन प्रतिस्पर्धीमध्येबाट शुक्रबार एक जना नेपाल आइडल बन्नेछन् ।

  • फ्राइडे रिलिज : हलमा ‘यती’ मात्रै

    काठमाडौं, असोज ६ – यो हप्ता नेपाली सिनेमा घरमा एउटा मात्रै चलचित्र लागेको छ ।

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया