MENU

खेल

Ncell Axiata
USAID

डिपिएलः धनगढी टिम चौराहा पुग्यो फाइनलमा, रुपन्देही हार्‍यो

काठमाडौं, वैशाख ७ – धनगढी टिम चौराहा धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटको फाइनल पुगेको छ । दोश्रो प्लेअफमा रुपन्देही च्यालेन्जर्सलाई ९२ रनले हराउँदै धनगढी उपाधि नजिक पुगेको हो ।

धनगढीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको रुपन्देही १५ ओभर २ बलमा ८० रनमा सीमित भयो । ललित राजवंशी र सौरभ खनालले रुपन्देहीको ३÷३ विकेट लिए ।

रुपन्देहीका लागि राजेश पुलामी मगर र कृष्ण कार्कीले १४ र पुष्प थापाले १३ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७२ रन बनाएको थियो ।

उसका लागि कप्तान पारस खड्काले सर्वाधिक ६७ रन बनाए । ४१ बलको सामना गरेका उनले ६ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन । यस्तै राजु रिजालले २५, अनिल मण्डलले १३, अमर रौतेलाले २४ रनको योगदान दिए ।

यस्तै विष्फोटक व्याटिङ गरेका सौरभ खनालले ८ बलमा २ चौका र २ छक्काको मद्दतमा २४ रन जोडे । रुपन्देहीका कृष्ण कार्कीले २ तथा विक्रम भुषाल र शाहब आलमले एक एक विकेट लिए । धनगढीले अब उपाधिका लागि विराटनगर किंग्ससँग खेल्नेछ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इएल क्लासिको इतिहास: ला लिगामा रियलअघि, समग्रमा बार्सिलोना

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ । यो खेल विश्व फुटबलमा निकै महत्वपूर्ण र चासोको खेल बन्छ ।

  • म्यानचेस्टर युनाइटेड समस्यामा, इब्राहिमोविच खेल्न नसक्ने

    वैशाख १० – सिजनको अन्तिम तथा महत्वपूर्ण खेल बाँकी रहेका बेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समस्यामा परेको छ । क्लबको यो सिजनका सर्वाधिक गोलकर्ता स्ट्राइकर जाल्टन इब्राहिमोविच तथा डिफेन्डर मार्कस रोजो घुँडाको चोटका कारण सिजनका बाँकी खेलमा मैदान बाहिर रहने भएका छन् ।

  • इएल क्लासिको : प्रशिक्षणमा प्रतिबन्धित नेइमार

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ ।

  • चेल्सी पुग्यो फाइनलमा, टोटनह्यामलाई लाग्यो धक्का

    वैशाख १० – चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा प्रिमियर लिग लिडर चेल्सीले दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर एफए कपको फाइनलमा स्थान पक्का गरेको हो ।

  • २ रेड कार्ड, ८ गोल

    वैशाख १० – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा बोर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले १० खेलाडीमा सीमित भएको मडिल्सबर्गलाई ४–० ले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया