MENU

राजनीति

Ncell Axiata
USAID

स्थानीय चुनावमा शिक्षकको मोह, पाँच शिक्षकले दिए राजीनामा

कालिकोट, वैशाख ७ – स्थानीय तह चुनावमा कालिकोटका शिक्षकको मोह बढ्दै गएको छ । स्थानीय तह चुनावमा उम्मेद्वारी दिन अहिलेसम्म जिल्लामा पाँच शिक्षकले राजीनामा दिएका छन् । शिक्षकले राजीनामा पत्रमा घरेसी कामकाज र स्वास्थ्य अवस्था कमजोर भएको उल्लेख गरेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद तिवारीले बताउनुभयो । 

बढीमालिका मावि रास्कोटका प्रधानाध्यापक मनिराज बराल, मोतिराम मावि सिपखनाका प्रधानाध्यापक दानबहादुर बम, सिपखानाका प्राविका शिक्षक राजेन्द्रनाथ योगी, शान्ती मावि रातीमाटा माल्कोटका प्रधानाध्यापक धनबहादुर बटाला र जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति धिरबहादुर बिष्टले राजीनामा दिएका हुन् । शिक्षक मनिराज बराल र दानबहादर बम रास्कोट नगरपालिका मेयर पदका लागि नेकपा एमाले र नेपाली कांग्रेसबाट उम्मेदवार बन्ने भएका छन् । 

शिक्षक राजेन्द्र नाथ योगी रास्कोट नगरपालिकाको वडापालीमा नेकपा एमालेबाट चुनाव लड्ने छन् । शिक्षक धनबहादु बटाला राप्रपा र स्रोत व्यक्ति धिरबहादुर बिष्ट नेकपा एमालेबाट नरहरिनाथ गाउँपालिकामा अध्यक्ष पदका लागि लड्ने भएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया