MENU

राजनीति

Ncell Axiata

राप्रपाको आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं, वैशाख ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्व घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । राप्रपाले निर्वाचन आयोगले पार्टीको विधानमा रहेको हिन्दुराष्ट्र र राजसंस्था हटाउने निर्णय गरेको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । 

स्थानीय तहको चुनाव पार्टीको मुख्य एजेण्डा भएको र चुनावको सुनिश्चितता पार्टीको प्राथमिकता रहेको भन्दै राप्रपाले तत्कालका लागि संघर्षको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

पार्टी विधान संशोधन गर्ने निर्वाचन आयोगको निर्णय पूर्ण रुपमा नसच्याइएसम्म विरोध गरिरहने र आगामी चुनावमा समेत यो बिषयलाई सशक्त ढंगबाट उठाईने राप्रपाका प्रवक्ता सुशिल कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

निर्वाचन आयोगले बुधबार नेपालको संविधान र कानून अनुसार नै आयोगले कार्यसञ्चालन गरिरहेको भन्दै कानून अनुसार काम नगर्न दबाब दिने क्रियाकलाप भएको भन्दै यस्ता गतिविधि दोहोरिन नदिन आग्रह गरेको थियो ।  

निर्वाचन आयोगले राप्रपाको विषयमा बुधबार जारी गरेको प्रेस विज्ञप्तिप्रति ध्यान आकर्षित भएको जनाउँदै राप्रपाले एक जिम्मेवार राजनैतिक दलको रुपमा पार्टीले संचालन गरेको र गर्ने कार्य संविधान र प्रचलित कानुन अनुरुप रहेको पनि स्पष्ट पारेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया