MENU

समाज

Ncell Axiata
USAID

सरकारले तोक्यो म्यादी प्रहरीको तलब, ५५ दिनको ५१ हजार

काठमाडौं, वैशाख ७ – सरकारले म्यादी प्रहरीको तलव भत्ता तोकेको छ । बिहीबारको बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीको तलव भत्ता तथा सेवा सुविधा तोकेको हो । 

मन्त्रिपरिषदको निर्णय अनुसार म्यादी प्रहरीले ५५ दिनको तलब वापत ५१ हजार रुपैयाँ पाउने भएका छन् भने पोशाक भत्ताको लागि छुट्टै ७ हजार १ सय रुपैयाँ पाउनेछन्  । पोशाक म्यादी प्रहरी आफैंले किन्नु पर्नेछ । 

त्यस्तै चुनावमा खटिँदा सात दिन उनीहरुलाई एकदिन २ सय ५० रुपैयाँका दरले भत्ता उपलब्ध गराइनेछ । चुनावभरीका लागि एकदिनको २ सय ५० रुपैयाँको खाजा खर्च पनि दिइने सरकारले जनाएको छ । 

चुनावका बेला कुनै घटना दुर्घटना भएमा २ लाख रुपैयाँ बराबरको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । त्यस्तै १ लाख ५० हजारको स्वास्थ्य बिमा पनि गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया