MENU

राजनीति

Ncell Axiata
USAID

५ मधेस केन्द्रित दलबिच एकता, मधेस क्रान्तिको एकीकरण भएको उद्घोष

काठमाडौं, वैशाख ७ – मधेस केन्द्रित राजनीति गर्दै आएका पाँचवटा दल मिलेर नयाँ दल घोषणा गरेका छन् । नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । चुनाव चिन्ह छाता राख्ने सहमति पनि भएको छ । 

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजबादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र यादव नेतृत्वको तराइ मधेस सद्भावना पार्टीबिच एकता भएको हो ।  

पार्टी एकीकरणले मधेस क्रान्तिको एकीकरण भएको, मधेसी जनताको भावनाको एकता भएको साथै मधेसलाई गरिएको विभेदलाई अन्त्य गर्न एक ढिक्का भएको नेताहरुले बताएका छन् । एकीकरण पछि पाँचवटै दलका अध्यक्ष रहने गरी अध्यक्ष मण्डल बनाइएको छ । जुन पार्टीको सर्वोच्च निकाय हुनेछ । 

यस्तै मधेस आन्दोलनको नेतृत्व गरेको उपेन्द्र यादव नेतृत्वको दल संघीय समाजवादी फोरम बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिसँग पार्टी एकता गर्ने तयारीमा छ भने विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक आफै साना दलहरुलाई गाभ्ने अभियान चलाइरहेको छ । 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया