समाज
गाउँकै एक्ला प्लस टु पास दिपेन्द्र कमाउने आशमा मलेसिया, ३ लाख तिर्न ३ वर्ष
- Thursday, Apr 20, 2017
- 16:47 PM ( 1 year ago )
- Total Views: 9.1 K
सोम दियाली/सर्लाही ।
वैशाख, ७ – साविकको सर्लाहीको नेत्रगंजमा पर्ने पुनर्वास अहिले लालबन्दी नगरपालिका-२ मा पर्छ । गाउँको नाम जस्तै यो गाउँमा धनुषाको झिँजाबाट पुनर्वास गराइएका पासवानहरुको बस्ती छ ।
सरकारले २०३४/३५ सालतिर २ सय ८ परिवारलाई पुनस्र्थापना गरेको थियो । प्रति परिवार दुई बिघा जग्गा दिएर । अहिले त जनसङ्ख्या बढेर झण्डै ५ सय घरधुरी पुगेको छ । धनुषामा छँदा उनीहरुसँग केही काम थिएन ।
त्यसैले उनीहरुले सरकारले दिएको जग्गामा खेती गर्न थाले । यहाँका मानिसहरु विशेष गरी तरकारी खेती गर्छन् । उनीहरुले आफनो उत्पादन स्थानीय बजार लालबन्दी, नवलपुर, हरिवन लगायतका ठाउँका व्यापारीहरुले लैजान्छन् । अहिले पनि यहाँका मानिसहरु तरकारी खेती नै गर्छन् । कामको मेलो पाएपछि उनीहरुले छोराछोरीलाई पढाउन पनि थाले ।
त्यही गाउँमा थियो दिपेन्द्र पासवानको परिवार पनि । दिपेन्द्रले पनि प्लस टुसम्म पढ्न पाउनुभयो । उहाँले २०५७ सालमा प्लस टु पास गर्नुभयो । तर जागिर पाउन सक्नुभएको थिएन । त्यतिबेला पासवान बस्तीमा पनि वैदेशिक रोजगारीको हावा लागिसकेको थियो ।
उहाँका गाउँका युवा पनि पासपोर्ट बनाएर विदेश जान थाले । ऋण लिएर विदेश जानेहरुले पठाएको पैसा भने घर खर्च र छोराछोरी पढाउनै ठिक्क हुन्थ्यो । यो वास्तविकता देख्ता देख्तै पनि दिपेन्द्र पनि ६२ सालमा मलेसिया जानुभयो । विदेश जान लाग्ने पैसा न उहाँसँग न त परिवारसँग त्यसैले उहाँले ऋण खोजेर जानुभयो । ‘जाने बेलामा विदेश पुगेपछि त जसरी पनि कमाउन सकिन्छ भन्ने सोचेको थिए’ दिपेन्द्रले भन्नुभयो ।
तर विदेशको वास्तविकता उहाँ पुगेपछि मात्रै बुझ्न पाउनुभयो । न भाषा नै आउने न त चिनेका कोही थिए । त्यसैले मलेसिया पुगिसकेपछि त उहाँलाई नेपालमै केही गर्नेपर्ने रहेछ भन्ने लाग्यो । ‘विरामी पर्दा पानी तताएर दिने मान्छे पनि नभएपछि कति नराम्रो लाग्छ होला’ जिज्ञासाको शैलीमा दिपेन्द्रले भन्नुभयो ।
तर नेपाल फर्किन सजिलो थिएन दिपेन्द्रलाई । किनकी पासपोर्ट बनाउँदादेखि नै उहाँलाई ऋण लागेको थियो । यतिकै फर्किंदा त्यो ऋण कहिले तिर्ने ? यही प्रश्नले उहाँलाई सताइरह्यो । त्यसैले मन बुझाएर बस्नुभयो ।
विदेश जाने बेलामा उहाँलाई झण्डै ३ लाख रुपैयाँ ऋण लागेको थियो । त्यो ऋण तिर्न उहाँलाई तीन वर्ष लाग्यो । अनि कमाएर जुमाउने सपना पूरा गर्दा गर्दै उहाँले १० वर्ष मलेसियामै बिताउनुभयो । विदेशको कमाईले ७ कठ्ठा जग्गा किन्नुभयो । अरु पैसा त छोराछोरीको पढाईमा र घर खर्च मै सकियो ।
त्यसबाट बचेको पैसाले उहाँले घर फर्किएर कुखुरा पाल्न थाल्नुभएको छ । परिवारसँग बसेर काम गर्न सकियो भने विदेशको जत्तिकै कमाउन सकिन्छ भन्ने आशा लिएर सुरु गरेको कुखुरा फार्मको कमाई सोचे जस्तै भइरहेको छ । ४५ दिनमा एक लट कुखुरा बेच्नुहुन्छ । त्यसबाट खर्च कटाएर ६० देखि ७० हजार रुपैयाँ कमाई हुन्छ उहाँको ।
१० वर्ष विदेश बस्दा उहाँले नेपालबाट सुरु हुने ठगिदेखि विदेशमा नेपालीले पाउने दुःख पनि नजिकबाटै नियाल्नुभयो । ‘एक त नेपालीहरुलाई आफू काम गर्न जाने देशका बारेमा थोरै पनि जानकारी नहुने रहेछ अनि नेपालमा भनेको काम र तलब नदिँदा पनि दुःख पाएका रहेछन्’ दिपेन्द्रले भन्नुभयो, ‘कसैसँग गुनासो गर्यो वा कसैलाई भन्यो भने एउटा बहाना बनाएर कामबाट निकाल्ने जेल हाल्ने अनि उस्तै पर्यो भने त मार्ने पनि त रहेछ ।’
यस्तै समस्याले गर्दा नेपालीहरुले समस्या हुँदा हुँदै पनि सहेर बसेको उहाँले देख्नुभयो । विदेशमा समस्यामा परेका नेपालीहरुलाई दूतावासहरुले पनि सहयोग गर्छन् भनिन्छ तर नेपालीहरुका समस्या बारे त्यति धेरै चासो दिएको उहाँ १० वर्षसम्म बस्दा पनि थाहा पाउनुभएन । आफैंसँग काम गर्ने अरु देशका कामदारका समस्या तत्काल उनीहरुको सरकारकै पहलमा समाधान भएको देख्दा उहाँलाई नरमाइलो लाग्थ्यो ।
उहाँले विदेश पुगेपछि घरबाट विदेश जान निस्किँदै गर्दादेखि नै ठगिएकाहरु बारेमा लेखिएका समाचार पनि पढ्नुभयो । त्यतिबेला उहाँलाई संयन्त्र दरो भए पो ठगि रोकिन्थ्यो त जस्तो लाग्छ । ‘ठगिका खबरहरु धेरै आउँछन् तर ठग्नेहरुलाई कारबाही भएको खबर निक्कै कम मात्रै सुनिन्छ अनि कसरी ठगि रोकिन्छ त हैन ?’ दिपेन्द्र प्रश्न गर्नुहुन्छ।
यस्ता समस्या आउनुका पछाडी नेपालबाट विदेश जान कुनै मापदण्ड नहुनु मुख्य कारण रहेछ भन्ने दिपेन्द्रले थाहा पाउनुभयो । जसले पायो त्यसले, जसरी मन लाग्यो त्यसरी नै विदेश पठाउने भएपछि उहाँ पुगेका नेपाली समस्यामा पर्नु स्वभाविक हो जस्तो लाग्छ दिपेन्द्रलाई । त्यसैले विदेश जानेहरु नै सचेत हुनुपर्ने अनि सरकारले पनि नेपालमै ठगि नियन्त्रण गर्नुपर्ने उहाँ बताउनुहुन्छ ।
सम्बन्धित सामग्रीहरु
-
साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
मोरङ, वैशाख १० – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हराएको साढे ३३ किलो सुन तस्करीको प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी गोविन्द निरौलालाई विराटनगर झिकाइएको छ ।
-
अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
कपिलवस्तु, वैशाख १० – लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तिव्र पारिएको छ ।
-
गाई काटेको आरोपमा तेह्रथुममा ३ जना पक्राउ
तेह्रथुम, वैशाख १० – तेह्रथुमको छथर गाउँपालिका–६, सुदापमा गाई काटेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
-
रोकेर राखेको बसमा एक्कासी आगलागी, बस जलेर नष्ट
धनुषा, वैशाख १० – धनुषामा सडकमा राखिरहेको बसमा उक्कासी आगलागी भएको छ । जनकपुरदेखि धनुषाधामसम्म चल्ने ना २ ख ८२४ नम्बरको बसमा अचानक आगलागी हुँदा बस जलेर नष्ट भएको हो ।
-
सेवाग्राहीसँग ५० हजार रुपैयाँ कमिसन लिने बैंकका सहायक प्रबन्धक रंगेहात पक्राउ
महोत्तरी, वैशाख १० – सेवाग्राहीसँग कमिसनवापतको रकम लिइरहेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंक बर्दिवास शाखाका सहायक प्रबन्धक जगदीशप्रसाद काफ्ले पक्राउ परेका छन ।
-
उत्कृष्ट लयमा रहेका गेललाई पञ्जाबले खेलाएन
वैशाख १० –जारी इन्डियन प्रिमियर लिगमा किंग्स इलाभेन पञ्जाबले ५ खेलमा ४ खेल जित्दै ८ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेकाे छ ।
- मेयरलाई आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न रक्षा मन्त्री पोखरेलको निर्देशन
- पञ्जाबविरुद्ध दिल्लीले गर्याे पाँच खेलाडी परिवर्तन तर सन्दीप परेनन्
- सपना चौधरीको गीतमा क्रिस गेलको यस्तो ‘डान्स’ (भिडियोसहित)
- दक्षिण एशियाली जुडोकाे टिम इभेन्टमा भारत च्याम्पियन
- आयोजक माइभ्यालीलाई हराउँदै मनाङ सेमिफाइनलमा प्रवेश
- नेविसंघद्वारा सभापति देउवाको ध्यानाकर्षण
- साढे ३३ किलो सुन तस्करी प्रकरण : पूर्व डीआईजी निरौला विराटनगर झिकाइए
- अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी तीव्र
- ‘अता,पता, लापता’ ले डुबायो राजपाल यादवलाई, ६ महिना जेल
प्रतिक्रिया दिनुहोस