MENU

राजनीति

Ncell Axiata

१० वर्षभित्र १० लाख रोजगारी सिर्जना गरिने : मन्त्री जोशी

 

काठमाडौं, वैशाख ७ – औद्योगिक क्षेत्रमा विदेशी लगानी आकर्षित गरी १० वर्षभित्र उद्योग क्षेत्रबाट १० लाख व्यक्तिका लागि रोजगारी सिर्जना गर्ने महत्वाकाङ्क्षी योजना उद्योग मन्त्रालयले सार्वजनिक गरेको छ । 

मन्त्रालयले यहाँस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिसँग बिहीबार आयोजना गरेको छलफलमा स्वदेशभित्र रोजगारीका विविध अवसर जुटाउन सो योजना सार्वजनिक गरेको हो । 

दश वर्षभित्र नेपाली युवा रोजगारीका लागि विदेश जानै नपर्ने गरी स्वदेशमै रोजगारी बढाउन एउटा स्थानीय तहमा कम्तीमा एउटा उद्योग स्थापना गर्ने गरी तयारीका साथ योजना बनाइएको उद्योगमन्त्री नवीन्द्रराज जोशीले बताउनुभयो । 

“साना उद्योगको विकासले रोजगारी बढाउन सहयोग पुग्छ, ठूला उद्योगले रोजगारी सिर्जनाका साथै देशको आर्थिक विकासमा योगदान गर्छ, संविधान निर्माण भएपछि नेपालमा शान्ति स्थापना भएकाले लगानीको वातावरण बनेको छ, यो वातावरणमा लगानी गर्न हामी सबै मित्रराष्ट्रलाई आग्रह गर्छौं”  उहाँले भन्नुभयो । 

लगानीकर्तालाई कानुनी रुपमा कुनै समस्या नहुने गरी नीति निर्माण गर्ने प्रतिबद्धता पनि मन्त्री जोशीले जनाउनुभयो ।

छलफलमा नेपालस्थित जापानी राजदूत मासासी ओगावा, फिनल्यान्डका राजदूत योर्मा सुमान्तो, ब्राजिलका राजदूत मारिया टेरेसा मेस्कुटा पेसोआ, संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्बीलगायत अमेरिका, संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी), युरोपियन युनियन, हबिब बैंक र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का प्रतिनिधिले लगानीको वातावरण बनाउन सरकारले जग्गा प्राप्तिलाई सहज बनाउनुपर्ने, लगानीका लागि सरकारका विभिन्न निकायमा धाउनुपर्ने झन्झटलाई औद्योगिक ऐनमा भएको व्यवस्थाअनुरुप एकल विन्दु सेवाको स्थापना गरिनुपर्नेमा जोड दिनुभयो । 

मन्त्रालयका सचिव शङ्करप्रसाद कोइराला, सहसचिव प्रदीप कोइराला र प्रवक्ता पुरुषोत्तम नेपालले लगानीका लागि नीतगत, कार्यक्रमगत र कार्यविधिगत सुधार गर्न सुझाव सङ्कलन गर्ने उद्देश्यले नेपालमा लगानी र औद्योगिक वातावरण बनाउन कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । 

“आर्थिक समृद्धिका लागि औद्योगिक विकास गर्न लगानी बढाउनुपर्ने भएकाले विदेशका लगानीकर्तालाई आकर्षित गर्न १६ वटा नियोगका प्रतिनिधिको उपस्थितिमा छलफल गरियो, अरु नियोगका प्रतिनिधिले छोटो समयमा बोलाइएकाले आउन नसके पनि नेपालको औद्योगिक क्षेत्रमा लगानी बढाउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्” – प्रवक्ता नेपालले उल्लेख गर्नुभयोे । 

मन्त्रालयले नेपालमा औद्योगीकरण लागि विदेशी लगानी भित्र्याउने उद्देश्यले गत फागुन २२ र २३ गते लगानी सम्मेलन आयोजना गरेको थियो । सम्मेलनमा विदेशी लगानीकर्ताले रु १४ खर्ब लगानी गर्ने प्रतिबद्धता जनाएका थिए । यसका लागि आगामी दिनमा निजी क्षेत्रका उद्योगी व्यवसायीसँग पनि छलफल गरिने मन्त्रालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मोरङमा थपियो मतदान केन्द्र

    मोरङ, कात्तिक ७ – मोरङमा प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ ।

  • चुनावसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आवश्यक

    काठमाडौं, कात्तिक ७ – निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले चुनावनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

  • केन्द्रमा महत्व राख्ने नेताको चुनावी यात्रा

    प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३ सय २० र प्रदेशसभा ७४ सदस्यका लागि ४ सय ८२ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य चुनावमा केहि केन्द्रिय नेता एक अर्काविरुद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिदै छन् ।

  • राजपाको युवा संघ अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं, कात्तिक ७ – राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

  • बैतडीमा दुई मन्त्री चुनाव लड्दै, टक्कर पर्ने अनुमान

    बैतडी, कात्तिक ७ – प्रतिनीधि सभा चुनावका लागि बैतडीमा दुईजना राज्यमन्त्री भिड्ने भएका छन् । नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी प्रतिनिधि सभा सदस्यका लागि चुनावमा भिड्ने भएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया