MENU

राजनीति

Ncell Axiata
USAID

कतै टिकटको हानथाप, कतै उम्मेद्वार पाउनै मुस्किल

निमेन्द्र शाही/उज्यालो ।

बाजुरा, वैशाख ७ – बाजुरा जिल्लामा सक्रिय राजनीतिक तीन ठूला दलमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हानथाप भएको छ । राप्रपालगायतका दललाई भने उम्मेद्वार खोज्नै हैरान भएको छ । 

उम्मेद्वार टुंगो लगाउन गएको तीन दिनदेखि नेकपा एमालेको जिल्ला कमिटिको बैठक संचालन भइरहेको छ । बुधबारबाट नेपाली कांग्रेसको समेत उम्मेद्वार टुंगो लगाउन बैठक बसिरहेको छ । यस्तोमा राप्रपा लगायतका दलमा भने उम्मेद्वार खोज्नै हैरान छ ।  

जिल्लाका पाँच गाउँपालिका र चार नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, सदस्य र नगरपालिकामा मेयर र उपमेयरका आकांशीको चाप थामी नसक्नु देसखएको छ । त्यसको जिल्ला स्तरबाट टुङ्गो लगाउन नसकिने र प्रदेश र केन्द्रमा पठाउने नामावलीसमेत तयार पार्नको लागि नेताहरु सदरमुकाम मार्तडी केन्द्रीत भएका छन् । 

नेकपा एमाले जिल्ला कमिटी बाजुराले मंगलबारबाट सदरमुकाम मार्तडीमा बैठकको आयोजना गरेको छ । पार्टीले वडाका सबै पदका उम्मेद्वारको तय यसै बैठकबाट गर्ने छ भने गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरका मेयर, उपमेयरको समेत सकेसम्म टुङ्गो लगाउने प्रयत्न गर्ने देखिएको छ । पार्टीले एक नगरपालिका बाहेक अरु सबै जित्ने दावी गरीरहेको छ । टिकटको टुङ्गो लगाएर पूर्ण रुपमा चुनावी प्रचारमा केन्द्रीत हुने एमाले बाजुरा सचिव बल्देब रेग्मीले बताउनुभएको छ । 

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समितिले समेत बुधबार बैठकको आयोजना गरेको छ । जिल्ला भरका नेता तथा कार्यकर्ताहरु सदरमुकाम आइपुगेका छन् । कांग्रेसमा समेत सबै पदमा उम्मेद्वारका आकांक्षीको संख्या बढी भएको बताइएको छ । दश गते अगावै उम्मेद्वारको टुङ्गो लगाउने कुरा नेता रामसिंह रावलले बताउनुभयो ।

गएको निर्वाचन राम्ररी सम्झन नसक्नेदेखि त्यससमय कडा प्रतिस्पर्धामा उत्रिएकासमेत छन् । पार्टी एकीकरणपछि केही मजबुद भएको माओवादी केन्द्र बाजुरा जिल्लामा समेत ठाउँअनुसार निर्वाचनमा कोही न कोही दलसँग संयुक्तरुपमा निर्वाचनमा जाने तयारीमा रहेको बुझिएको छ । त्यसले गर्दा आउँदो निर्वाचनमा कसरी जित्ने भन्ने बारेमा योजना बनाएको कुरा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज सहदेब बोगटीले बताउनुभयो । 

निर्वाचनको सम्पुर्ण तयारी भइरहेको र मतदान स्थल र केन्द्रको समेत टुङ्गो लागिसकेको छ । जिल्लाभर ६९ मतदान स्थल र ९१ मतदान केन्द्र तोकिएका छन् । जिल्लाबाट ६४ हजार नौ सय पचास जनाले मताधिकार प्रयोग गर्न पाउने भएको जिल्ला निर्वाचन अधिकृत शुभद्रा गौतमले बताउनुभयो । 

बाजुराका एक गाउँपालिका र एक नगरपालिकामा नेपाली कांग्रेस र दुई गाउँपालिका नेकपा एमाले जित्ने निश्चित जस्तै देखिएको छ भने बाँकी रहेका पाँच स्थानीय निकायमा एमाले र कांग्रेसको कडा प्रतिस्पर्धा हुने देखिन्छ । जिल्लाभरको अवस्था आँकलन गर्ने हो भने माओवादी केन्द्र दश वडामा कडा प्रतिस्पर्धा देखिने भएको छ । निर्वाचन नजिकिँदै जाँदा टिकटको होडबाजी चलेको हो । गाउँ–गाउँमा निर्वाचनको तयारीमा नेता तथा कार्यकर्ताहरु खटिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्ड बालकोटमा

    प्रकाश ढकाल/उज्यालो । काठमाडौं, वैशाख १० – मन्त्रिपरिषदको बैठक मुख्य एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ । सत्तारुढ दल र आन्दोलनरत मधेस केन्द्रित दलसित शनिबार भएको सहमति अनुसार संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्ने बारेमा मुख्य विपक्षी एमालेसँग पनि छलफल गर्ने भन्दै बैठक स्थगित भएको हो ।

  • मतदान गरेर फर्किँन तीन दिन

    बाजुराकोको सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन खर्चुनु पर्ने भएको छ ।

  • दुई महिनापछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी

    काठमाडौं, वैशाख १० – बरियता विवादका कारण यसअघिका मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका उपप्रधानमन्त्री बिमलेन्द्र निधि आइतबारको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएको छ ।

  • जागिर छोडेर उपमेयरको उम्मेद्वार बन्दै बिना

    बर्दिया, वैशाख १० – स्थानीय तहको चुनाव नजिकिएसँगै जागिरबाट राजीनामा दिएर उम्मेद्वार बन्ने लहर चलेको छ । उपमेयर उम्मेद्वारका लागि सिफारिस भएपछि ठाकुरद्धाराकी बिना भट्टराई जागिरबाट राजीनामा दिएर चुनावमा लाग्ने तयारी हुनुहुन्छ ।

  • चुनावी प्रचारका लागि कांग्रेसले नारा तय गर्‍यो

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसले चुनावी प्रचारका लागि ‘हामी भित्र म, सबै अट्ने देश सबैलाई समेट्ने कांग्रेस’ नारा तय गरेको छ । आइतबारदेखि फेसबुक पेजबाट औपचारिक प्रचार सुरु गर्दै कांग्रेसले नयाँ नारा पनि सार्वजनिक गरेको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया