MENU

खेल

Ncell Axiata
USAID

पाँचथर गोल्ड कप : इलामलाई हराएर विर्तामोड फाइनलमा

फिदिम, वैशाख ७ – पाँचथरको फिदिममा जारी प्रथम पाँचथर गोल्डकपको सेमिफाइनलको अन्तिम खेलमा रेडहर्स इलामलाई २-१ गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड झापा फाइनमा पुगेको छ । 

फिदिम उच्च माविको खेल मैदानमा भएको प्रतियोगितमा विर्तामोडका योगेस गुरुङ र विसाल राई ‘बी’ले गोल गरेर टिमलाई फाइनल पुर्‍याएका हुन् । रेड हर्स इलामका मनिश थापाले एक गोल गरे ।  

खेल सुरु भएको नौ मिनेटमा विर्तामोडका योगेश गुरुङले गोल गर्दै टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । सुरुवाती चरणदेखि नै निकै प्रतिस्पर्धात्मक भएको खेलको १९ औँ मिनेटमा इलामका मनिश थापाले गोल गरेका हुन् । पहिलो हाफमा दुवै टिम बराबरीमा रोकिएपछि दोस्रो हाफमा दुवै टिमका खेलाडिले आक्रमक खेल खेलेका थिए । खेलको ७७ औँ मिनेटमा विर्तामोडका विशाल राईले गरेको गोल नै विर्तामोडको जितका लागि निर्णायक गोल बन्यो । 

प्रतिस्पर्धात्मक खेलमा पाएको सुन्दर मौकाहरुलाई सदुपयोग गर्न नसक्दा इलाम सेमिफाइनलबाटै बाहिरिएको हो ।बिहीबारको खेलमा इलामका छिरिङ गुरुङ म्यान अफ द म्याच भए । उनले दुई हजार रुपैयाँ पुरस्कार पाए । शनिबार हुने फाइनल खेलमा विर्तामोडले एपीएफ पूर्वाञ्चलसँग खेल्नेछ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • इएल क्लासिको इतिहास: ला लिगामा रियलअघि, समग्रमा बार्सिलोना

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ । यो खेल विश्व फुटबलमा निकै महत्वपूर्ण र चासोको खेल बन्छ ।

  • म्यानचेस्टर युनाइटेड समस्यामा, इब्राहिमोविच खेल्न नसक्ने

    वैशाख १० – सिजनको अन्तिम तथा महत्वपूर्ण खेल बाँकी रहेका बेला इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड समस्यामा परेको छ । क्लबको यो सिजनका सर्वाधिक गोलकर्ता स्ट्राइकर जाल्टन इब्राहिमोविच तथा डिफेन्डर मार्कस रोजो घुँडाको चोटका कारण सिजनका बाँकी खेलमा मैदान बाहिर रहने भएका छन् ।

  • इएल क्लासिको : प्रशिक्षणमा प्रतिबन्धित नेइमार

    वैशाख १० – स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति निकै महत्वपूर्ण खेल हुँदैछ, इएल क्लासिको । रियल मड्रिड र बार्सिलोनाबिचको खेललाई इएल क्लासिकोको रुपमा चिन्ने गरिन्छ ।

  • चेल्सी पुग्यो फाइनलमा, टोटनह्यामलाई लाग्यो धक्का

    वैशाख १० – चेल्सी एफए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार राति घरेलु मैदानमा भएको सेमिफाइनलमा प्रिमियर लिग लिडर चेल्सीले दोस्रो स्थानमा रहेको टोटनह्यामलाई ४–२ ले हराएर एफए कपको फाइनलमा स्थान पक्का गरेको हो ।

  • २ रेड कार्ड, ८ गोल

    वैशाख १० – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएका खेलमा बोर्नमाउथ, हल सिटी र स्वान्सी सिटी विजयी भएका छन् । घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले १० खेलाडीमा सीमित भएको मडिल्सबर्गलाई ४–० ले हराएको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया