MENU

राजनीति

Ncell Axiata

फोरम लोकतान्त्रिक र थारुहट तराई पार्टीबिच एकीकरण

काठमाडौं, वैशाख ७ – मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) र थारुहट तराई पार्टी नेपालबिच बिहबिार पार्टी एकीकरण भएको छ । विजयकुमार गच्छदारले नेतृत्व गरेको पार्टी फोरम नेपाल (लोकतान्त्रिक) र भानुराम थारुले नेतृत्व गरेको थारुहट तराई पार्टी एकीकरण भएको हो । 

एकीकरणपछि पार्टीको नाम नेपाल लोकतान्त्रिक फोरम राख्ने भनिए पनि महाधिवेशनपछि मात्र नेपाल लोकतान्त्रिक पार्टी राख्ने सहमति भएको सांसद रामजनम चौधरीले जानकारी दिनुभयो । 

जनताको हितका लागि फुटेरभन्दा पनि जुटेर काम गर्नुपर्ने मनसायका साथ पार्टी एकीकरण भएको थरुहट तराई पार्टी नेपालका महासचिव मीनराज चौधरीले जानकारी दिनुभयो । 

यसैबिच मधेस केन्द्रित राजनीति गर्दै आएका पाँचवटा दल मिलेर नयाँ दल घोषणा गरेका छन् । नयाँ पार्टीको नाम राष्ट्रिय जनता पार्टी राखिएको छ । चुनाव चिन्ह छाता राख्ने सहमति पनि भएको छ । 

महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजबादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र महेन्द्र यादव नेतृत्वको तराइ मधेस सद्भावना पार्टीबिच एकता भएको हो ।  

पार्टी एकीकरणले मधेस क्रान्तिको एकीकरण भएको, मधेसी जनताको भावनाको एकता भएको साथै मधेसलाई गरिएको विभेदलाई अन्त्य गर्न एक ढिक्का भएको नेताहरुले बताएका छन् । एकीकरण पछि पाँचवटै दलका अध्यक्ष रहने गरी अध्यक्ष मण्डल बनाइएको छ । जुन पार्टीको सर्वोच्च निकाय हुनेछ । 

यस्तै मधेस आन्दोलनको नेतृत्व गरेको उपेन्द्र यादव नेतृत्वको दल संघीय समाजवादी फोरम बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्तिसँग पार्टी एकता गर्ने तयारीमा भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मोरङमा थपियो मतदान केन्द्र

    मोरङ, कात्तिक ७ – मोरङमा प्रतिनिधि र प्रदेशसभा चुनावका लागि मतदान केन्द्र थापिएको छ । मतदान स्थल भने पुरानैलाई कायम गरिएको छ ।

  • चुनावसम्बन्धी सकारात्मक सन्देश दिने समाचार सम्प्रेषण गर्न आवश्यक

    काठमाडौं, कात्तिक ७ – निर्वाचन आयुक्त इला शर्माले स्वच्छ र सत्यतथ्य समाचार सम्प्रेषणबाटै लोकतन्त्र संस्थागत हुने भएकाले चुनावनसम्बन्धी समाचार जिम्मेवारीपूर्वक सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

  • केन्द्रमा महत्व राख्ने नेताको चुनावी यात्रा

    प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३ सय २० र प्रदेशसभा ७४ सदस्यका लागि ४ सय ८२ जनाले उम्मेदवारी दिएका छन् । प्रतिनिधिसभा सदस्य चुनावमा केहि केन्द्रिय नेता एक अर्काविरुद्ध नै चुनावी प्रतिस्पर्धामा उत्रिदै छन् ।

  • राजपाको युवा संघ अध्यक्षसहितका नेता माओवादी केन्द्रमा प्रवेश

    काठमाडौं, कात्तिक ७ – राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका नेता सन्देश पटेललगायतका नेता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

  • बैतडीमा दुई मन्त्री चुनाव लड्दै, टक्कर पर्ने अनुमान

    बैतडी, कात्तिक ७ – प्रतिनीधि सभा चुनावका लागि बैतडीमा दुईजना राज्यमन्त्री भिड्ने भएका छन् । नेपाली कांग्रेसका नेता एवं वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी प्रतिनिधि सभा सदस्यका लागि चुनावमा भिड्ने भएका हुन् ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया