MENU

बातावरण-कृषि

Ncell Axiata
USAID

चुनावका बेला हुनसक्ने चोरी शिकारी रोक्न उच्च सतकर्ता, निकुञ्ज र सेनासँगै युवा पनि खटिने

भावुक योगी/उज्यालो ।

बर्दिया, वैशाख ७ – युवाको अग्रसरता, संरक्षण र समृद्धिको सुनिश्चितता भन्ने नाराका साथ बर्दिया राष्ट्रिय निकुञ्जमा वैशाख १ गतेदेखि विविध कार्यक्रमका साथ सुरु भएको साताव्यापी वन्यजन्तु सप्ताह बिहीबार सम्पन्न भएको छ । 

अन्तिम दिन बिहीबार कोठियाघाटमा संरक्षणमा लागेका युवाहरु भेला गरी बिबिध कार्यक्रम गरी २२ औँ वन्यजन्तु सप्ताह समापन भएको हो । 

वन्यजन्तु सप्ताहमा चोरी शिकार नियन्त्रण युवा परीचालन अभियान संजालका अध्यक्ष हेमन्त आचार्य, बर्दिया राष्टिय निकुञ्जका निमीत्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापा, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितीका अध्यक्ष नेत्रराज आचार्य, निकुञ्ज सुरक्षार्थ रणशार्दुल गणका गणपती राजेन्द्र पन्त लगायतको उपस्थीती रहेको थियो ।

२२ औँ वन्यजन्तु सप्ताहको अवसर पारी वन्यजन्तु संरक्षण सम्बन्धि एक साताभरी विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाईएको निकुञ्जले जनाएको छ ।  

साताब्यापी कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, पर्यापर्यटन विकास मञ्च, मध्यवर्ती क्षेत्र ब्यवस्थापन समिति, इको क्लव, सेन्स नेपाल, महिला वातावरण उपसमिति, प्रकृति पथ प्रदर्शक संघ तथा चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान लगायतको सहभागिता रहेको थियो ।

स्थानिय चुनावमा चोरी शिकारी चुनौतीको सामना गर्न उच्च सुरक्षा

स्थानिय तह निर्वाचनका बेला चोरी शिकारीद्वारा बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको चोरी शिकार हुन सक्ने भन्दै निकुञ्ज, नेपाली सेना र संरक्षण अभियानमा लागेका युवाहरु उच्च सर्तकर्ताका साथ परीचालन हुने बताएका छन्।

युवाको अग्रसरता, संरक्षण र समृध्दिको सुनिश्चितता भन्ने नाराका साथ वैशाख १ गते बाट सुरु भएको साताब्यापी वन्यजन्तु सप्ताहको बिहीबार सम्पन्न कार्यक्रममा स्थानिय तह निर्वाचनमा चोरी शिकारीले मौका छोपी वन्यजन्तुको चोरी शिकार नसकुन भन्दै युवाहरुले उच्च सुरक्षामा खटिने बताएका हुन ।

गैँडा स्थान्तरणको मौका छोपी चितवनमा चोरीशिकारीद्धारा गैँडा मारीनु, २०६४ सालको पहिलो संविधानसभा चुनावका दिनमा बर्दिया निकुञ्जमा चोरी शिकारीद्वारा एउटा गैँडा मारीनु र द्वन्द्वकालमा निकुञ्जको बबई उपत्यकामा ६० गैँडा मारेको उदाहरण दिँदै यसपटक चुनावमा कुनै पनि वन्यजन्तुको नोक्सानी हुन नदीने युवाहरुले प्रतिबद्धता जनाएको संजालका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो । 

स्थानिय तह चुवाव नजिकिए संगै बर्दिया राष्ट्रिय निकुञ्ज र निकुञ्ज सुरक्षार्थ खटिएको रणशार्दुल गणले वन्यजन्तु सुरक्षाका लागि बर्दिया निकुञ्ज भित्र, बबई उपत्यका र मध्यवर्ति क्षेत्र आसपासका सामुदायिक वनमा सुरक्षा व्यवस्था कडा पारीएको निकुञ्जका निमीत्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले जानकारी दिनुभयो । नेपाली सेनाले निकुञ्ज भित्र ३१ वटा सेनाको पोष्ट निर्माण गरी सुरक्षा दिईरहेको र चुनावका बेला उच्च सतकर्ता अपनाई थप सुरक्षा बढाइएको गणपती राजेन्द्र पन्तले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया