MENU

राजनीति

Ncell Axiata
USAID

मेयर पदमा सबैको नजर, उम्मेद्वार चयन गर्न सकस

भावुक योगी/उज्यालो ।

बर्दिया, वैशाख ७ – सरकारले चुनावको मिति घोषणा गरे लगत्तै सक्रिय बनेका दलहरुले गाउँ केन्द्रित अभियानलाई तीव्र बनाएका छन् । स्थानीय तहको चुनावले गाउँगाउँसम्म चहलपहल बढाएको छ । 

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेले नेतृत्वसहित कार्यक्रम बनाएर वडाको टोलसम्मै पुगेका छन् । दलहरुले आफ्ना कार्यकर्ता माझमा चुनावी एजेन्डा पनि लिएर गाउँ पसेका हुन् ।

दिनहुँ हुने कार्यक्रम सार्वजनिक स्थल, चिया पसलसम्म चुनावी छलफलले रौनकता दिएको छ । दलबाट चुनावमा नेतृत्वका लागि आकांक्षी बनेकाहरुबाट कसले टिकट पाउला र कसले टिकट पाए जित्ला भन्ने अडकल बाजीसमेत सुरु भएको छ ।

बर्दियामा ६ नगरपालिका र २ गाउँपालिकासहित ८ वटा स्थानीय तह छन् । स्थानीय तहमा उम्मेद्वार छनौट गर्न दलहरु तयारीमा जुटेका छन् । 

स्थानीय तह मध्ये सबैको नगरपालिकामा नजर परेको छ । साबिकका झण्डै ४ गाविस समेटेर बनेको नगरपालिकामा चुनाव जित्ने कसरतमा पनि उनीहरु लागि परेका छन् । नगरपालिकामा जित्दा जिल्लामा आफ्नो हैसियत बढ्ने दाउमा दलहरु सक्रिय छन् । 

गाउँमा दिनहुँ जसो साविकका गाविस रहेको ठाउँ र आआफ्नो पकड भएका क्षेत्रमा दलहरुबाट राजनीतिक कार्यक्रम र सभाहरु आयोजना भइरहेका छन् । गाउँ टोलमा आफ्ना कार्यकर्तालाई जम्मा पारेर चुनावी घोषणा देखि पार्टी प्रवेश र बिस्तार सम्मका कार्यक्रम दलहरुले गर्दै आएका छन् ।

राजनीतिक दलहरुले आफ्नो पक्षमा नतिजा हात पार्न नगरपालिका सहित गाउँ केन्द्रित अभियानलाई जोड दिएका छन् । दोस्रो संविधानसभाको चुनावपछि गाउँ नगएका नेता कार्यकर्ता दौडधुपमा देखिएका छन ।

राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

देशमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेद्वार चयन गर्न सकस भएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा बर्दियाबाट मुख्य गरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेद्वार छनोटमा धेरै समय लागेको बताएका छन् ।

गाउँगाउँमा चुनावी माहोल बनिरहेको र जनतामा पनि उत्साह थपिएको वर्तमान अवस्थामा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा लगायतले चुनावका लागि सम्पर्क कार्यालयमा दर्जनाँै पटक बसेका बैठकले पनि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको निर्णय गर्न सकेका छैनन् ।

दलले उम्मेदवारको विषयमा आन्तरिक गृहकार्य भइरहेको दाबी गर्दै वडा तहमा ९० प्रतिशत सम्म उम्मेदवारको टुङ्गो लागेको बताएका छन् । बर्दियामा वैशाख ९ देखि १२ गते सम्म मुख्य तिन दलले उम्दवारको टुंगो लगाउने बताएका छन् ।

दुई लाख ५३ हजार १ सय ८५ मतदाता रहेको बर्दियामा १ सय ५३ मतदान स्थलमा ३ सय १४ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालय बर्दियाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्ड बालकोटमा

    प्रकाश ढकाल/उज्यालो । काठमाडौं, वैशाख १० – मन्त्रिपरिषदको बैठक मुख्य एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ । सत्तारुढ दल र आन्दोलनरत मधेस केन्द्रित दलसित शनिबार भएको सहमति अनुसार संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्ने बारेमा मुख्य विपक्षी एमालेसँग पनि छलफल गर्ने भन्दै बैठक स्थगित भएको हो ।

  • मतदान गरेर फर्किँन तीन दिन

    बाजुराकोको सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन खर्चुनु पर्ने भएको छ ।

  • दुई महिनापछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी

    काठमाडौं, वैशाख १० – बरियता विवादका कारण यसअघिका मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका उपप्रधानमन्त्री बिमलेन्द्र निधि आइतबारको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएको छ ।

  • जागिर छोडेर उपमेयरको उम्मेद्वार बन्दै बिना

    बर्दिया, वैशाख १० – स्थानीय तहको चुनाव नजिकिएसँगै जागिरबाट राजीनामा दिएर उम्मेद्वार बन्ने लहर चलेको छ । उपमेयर उम्मेद्वारका लागि सिफारिस भएपछि ठाकुरद्धाराकी बिना भट्टराई जागिरबाट राजीनामा दिएर चुनावमा लाग्ने तयारी हुनुहुन्छ ।

  • चुनावी प्रचारका लागि कांग्रेसले नारा तय गर्‍यो

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसले चुनावी प्रचारका लागि ‘हामी भित्र म, सबै अट्ने देश सबैलाई समेट्ने कांग्रेस’ नारा तय गरेको छ । आइतबारदेखि फेसबुक पेजबाट औपचारिक प्रचार सुरु गर्दै कांग्रेसले नयाँ नारा पनि सार्वजनिक गरेको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया