MENU

समाज

Ncell Axiata
USAID

ढुंगा खसेर लाग्दा चार जनाको मृत्यु, एक घाइते

कालिकोट, वैशाख ७ – कालिकोट साविकको कोटवाडा-५ लालिघाटमा ढुंगा खसेर लाग्दा चार जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । 

कुमालगाउँ-९ का ४० वर्षका गोर्खसिकाल बिक, १३ वर्षकी बासपुरा बिक, ३५ वर्षकी धनसिकाल बिक र मुम्राका लोकबहादुर केसीको ज्यान गएको हो । 

साविकको रकु-८ की १४ वर्षकी भावना देवकोटा घाइते भएकी छन् । प्रहरी घटनास्थल पुगिसकेको र उद्धारको काम भइरहेको प्रहरी प्रमुख योगेन्द्र कुमार खड्काले बताउनुभयो । लालीघाट बजारबाट केही अघि पसल भएको ठाउँमा एक्कासी माथिबाट ढुंगा खसेको हो । प्रहरीले घटनाको आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया