MENU

समाज

Ncell Axiata

भक्तपुरमा ट्रिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुर, वैशाख ७ – ट्रिपरले ठक्कर दिँदा स्कुटर चालक चाँगुनारायण नगरपालिका–३ झौखेलका २६ वर्षका राकेश खाइजुको ज्यान गएको छ । 

भक्तपुर नगरपालिका कमलविनायकबाट व्यासी तर्फ आउँदै गरेको बा १ क ३५५९ नम्बरको भक्तपुर नगरपालिकाको ट्रिपरले ब्यासीबाट कमलविनायक तर्फ जाँदै गरेको बा ८२ प ८४७३ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटी चालकको ज्यान गएको हो ।

ठक्करबाट घाइते भएका खाइजुको इवामुरा अस्पतालमा उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिनुभयो ।  

प्रहरीले ट्रिपर चालक भक्तपुर नगरपालिका–१३ दरबारस्क्वायर घरभई हाल भक्तपुर–८ लिवाली बस्ने ५१ वर्षका हरिकृष्ण बासीलाई ट्रिपरसहित नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepali Migrant Women Story
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया