MENU

राजनीति

Ncell Axiata
USAID

पत्रकार महासंघ काठमाडौंमा बिडारी र अधिकारी प्यानलबिच प्रतिस्पर्धा हुने

काठमाडौं, वैशाख ७ – शुक्रबार हुने नेपाल पत्रकार महासंघ काठमाडौंको दशाैँ अधिवेशनमा दुई प्यानलबीच प्रतिष्पर्धा हुने भएको छ । प्रेस चौतारीका शान्तराम बिडारी र प्रेस सेन्टरका रामकृष्ण अधिकारीको प्यानलबीच प्रतिष्पर्धा हुने निश्चित भएको हो ।  

प्रेस युनियनले श्रीजन झालाई अध्यक्षको उम्मेदावर बनाउने तयारी गरे पनि अन्तिम समयमा सत्ता पक्षीय दलनिकट संगठनहरुले संयुक्त प्यानल बनाएका छन् । अधिकारी प्यानललाई राप्रपानिकट पत्रकारहरुले समेत समथर्न गर्ने सहमति भएको छ । अधिकारी प्यानलमा युनियनबाट सचिव र कोषाअध्यक्षमा राप्रपा निकटलाई दिने सहमति भएको हो । त्यस्तै, बिडारी प्यानललाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारीनिकट पत्रकार संगठनले समथर्न गर्ने भएका छन् । उक्त प्यानलमा सचिव नेपाल कम्युनिष्ट पाटीनिकट क्रान्तिकारी पत्रकार संगठनलाई दिने सहमति भएको छ । 

दुवै प्यानलले बाँकी उम्मेदवार तय गर्न र चुनावी रणनीति तय गर्न आन्तरिक छलफल तीव्र पारिरहेका छन् । पत्रकार महासंघ काठमाडौंमा एक हजार पाँच सय सदस्य छन् । काठमाडौंमा चौतारी बलियो मानिए पनि युनियन र सेन्टरले संयुक्त प्यानल बनाएकाले निक्कै कडा प्रतिष्पर्धा हुने भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया