MENU

अर्थ

Ncell Axiata
USAID

तनहुँ जलविद्युतको झण्डै ३७ करोड मुआब्जा वितरण

तनहुँ, वैशाख ८ – तनहुँ जलविद्युत आयोजनाको जलशायबाट डुवानमा पर्ने निजी जग्गा अधिग्रहणका लागि अहिलेसम्म झण्डै ३७ करोड रुपैयाँ वितरण गरिसकेको छ । 

अघिल्लो चरणमा १५ करोड ६८ लाख मुआब्जा वितरण गरिसकेको आयोजनाले दोश्रो चरणमा २१ करोड १० लाख रुपैयाँ मुआब्जा वितरण गरि सकेको छ । बिहीबार मात्रै ५ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको छ ।

१ सय ४० मेगावाट क्षमताको आयोजना निर्माण स्थलले डुबानमा पर्ने तनहुँको भिमाद, माझकोट, ऋषिङ्ग, रानीपोखरी, साभुङ्ग भगवतीपुर, कोटदरबार, जामुने र छाङ क्षेत्रमा डुवानमा पर्ने जग्गाका धनीहरुलाई मुआब्जा प्रदान गरिएको आयोजनाका उपनिर्देशक लोकप्रसाद नेपालले बताउनुभयो । 

जलशायबाट डुवान क्षेत्रमा पर्ने झण्डै एक हजार दुई सय रोपनी जग्गा अधिग्रहण गर्दा झण्डै ६० करोड रुपैयाँ मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया