MENU

बातावरण-कृषि

Ncell Axiata
sagun

आज दिउँसो पानी पर्ने, केही भेगमा हावाहुरी पनि चल्ने

काठमाडौं, वैशाख ८ – काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अहिले काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका केही ठाउँमा पानी परिरहेको छ ।  

दिउँसोपछि पश्चिमी भेगमा पनि पानी पर्ने मौसमविद विभुति पोखरेलले बताउनुभयो । उहाँका अनुसार पश्चिमी भेगमा शुक्रबार हावाहुरी चल्ने सम्भावना पनि छ । 

पछिल्लो जानकारी अनुसार जिरीमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ४७ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै जनकपुरमा १७ दशमलव ८ मिलिमिटर, सिमरामा १६ दशमलव ६, धनकुटामा १३ दशमलव ९, विराटनगरमा १० दशमलव ४, लुम्लेमा ७ दशमलव ३, धरानमा ६ दशमलव ८, ओखलढुंगामा ४ दशमलव ६ काठमाडौंमा १ दशमलव ७ र दीपायलमा ३ दशमलव २ मिलिमिटर पानी परेको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • बाढीले बगाएर भारत पगेका १० गैँडाको उद्धार

    चितवन, मंसिर ४ – चितवन राष्ट्रिय निकुञ्जबाट गएको साउनमा आएको बाढीले बगाएर भारत पुगेका १० वटा गैँडाको उद्धार गरिएको छ । पछिल्लो पटक भारतको पिप्रासीबाट एउटा गैँडाको उद्धार गरी सोमबार बिहान चितवन ल्याई सामुदायिक वनमा छाडिएको छ ।

  • कफी आयात र निर्यातमा कमी उत्पादनमा वृद्धि

    काठमाडौं, मंसिर १ – आज १३ औं राष्ट्रिय कफी दिवस : ‘आर्थिक सम्बृद्धिको लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान’ भन्ने नाराका साथ मनाइँदैछ ।

  • हिमाली जिल्लामा हिमपात सुरु, मतदान प्रभावित हुन सक्ने आशंका

    काठमाडौं, मंसिर १ – पश्चिमी भेगका हिमाली जिल्लामा हिमपात सुरु भएको छ । हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भइरहेको छ । सदरमुकाम सिमकोट र उत्तरी भेगका लिमी, मुचु खगालगाउँ, स्याँडा, हेप्का लगायतका क्षेत्रमा लगातार हिउँ परिरहेको हो ।

  • तिहारका फूलमाला उम्मेदवारका गलामा

    चितवनको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले घरदैलो अभियानमा हुनुहुन्छ । पञ्चेबाजासहित घरदैलो अभियान सुरु गरेका प्रचण्ड जुन घरमा पुग्नुहुन्छ, त्यही घरमा फूलमाला लगाएर स्वागत गर्नेको घुईंचो हुन्छ ।

  • चितवनमा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु

    चितवन, कात्तिक २९ – चितवनमा सौराहामा अन्तर्राष्ट्रिय भैँसी विज्ञहरुको सम्मेलन सुरु भएको छ । नेपालमा पहिलो पटक भएको यो सम्मेलनमा विभिन्न देशका भैँसी विज्ञहरुले सहभागिता रहेको छ ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया