MENU

राजनीति

Ncell Axiata
USAID

उम्मेद्वार चयनको अन्तिम तयारीमा दलहरु, केन्द्रबाट सूचि सार्वजनिक हुँदै

काठमाडौं, वैशाख ८ – मुख्य दलहरु उम्मेद्वार चयन गर्ने अन्तिम तयारीमा जुटेका छन् । सबै स्थानीय तहमा उम्मेद्वारका आकांक्षी धेरै भएपछि दलहरुलाई उम्मेदवार चयन गर्न सकस चाहीँ परेको छ । 

पार्टीका तल्ला निकायले सिफारिस गरेपछि केन्द्रबाट अन्तिम सूचि सार्वजनिक गर्ने सबै दलको तयारी छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेसले उम्मेद्वार छनोट गर्न पार्टीका तल्ला निकायलाई आउँदो मंगलबारसम्मको समय दिएको छ । उम्मेदवार छनोटसहित चुनावको अरु तयारीबारे छलफल गर्न कांग्रेसको आन्तरिक बैठक शुक्रबार बस्दैछ । 

एमालेले पनि आउँदो मंगलबारसम्म उम्मेद्वार छनोट गर्ने भएको छ । एमालेमा वडा अध्यक्ष र सदस्य उम्मेद्वारको छनोट जिल्ला कमिटीले र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको उम्मेदवार छनोट प्रदेश कमिटीले गर्नेछ । जिल्ला कमिटीलाई शुक्रबारसम्म र प्रदेश कमिटीलाई आगामी आइतबारसम्म उम्मेद्वार छनोट गरिसक्न जिम्मेवारी दिइएको एमालेले जनाएको छ । मंगलबार बस्ने एमाले स्थायी कमिटी बैठकले सबै स्थानीय तहमा उम्मेदवार टुंग्याउने तयारी गरेको छ । 

सरकारको नेतृत्व गरेको माओवादी केन्द्रले भने शनिबारसम्म सबै स्थानीय तहमा उम्मेद्वार चयन भैसक्ने जनाएको छ । शनिबार नै पार्टीको चुनावी प्रतिबद्धतापत्र समेत सार्वजनिक गर्ने माओवादीको तयारी छ । 

राप्रपाले पनि एक, दुई दिनभित्रमा उम्मेद्वारको टुंगो लागिसक्ने जनाएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार आउँदो १६ गते उम्मेद्वारको मनोनयन गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मन्त्रिपरिषद बैठक स्थगित गरेर प्रचण्ड बालकोटमा

    प्रकाश ढकाल/उज्यालो । काठमाडौं, वैशाख १० – मन्त्रिपरिषदको बैठक मुख्य एजेन्डामा प्रवेश नै नगरी स्थगित भएको छ । सत्तारुढ दल र आन्दोलनरत मधेस केन्द्रित दलसित शनिबार भएको सहमति अनुसार संविधान संशोधन प्रस्तावमा परिमार्जन गर्ने बारेमा मुख्य विपक्षी एमालेसँग पनि छलफल गर्ने भन्दै बैठक स्थगित भएको हो ।

  • मतदान गरेर फर्किँन तीन दिन

    बाजुराकोको सदरमुकाम मार्तडीबाट ६० कोष टाढा रहेको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका बासिन्दालाई स्थानीय चुनावमा मतदान गर्न मात्र तीन दिन खर्चुनु पर्ने भएको छ ।

  • दुई महिनापछि उपप्रधानमन्त्री निधि मन्त्रिपरिषद बैठकमा सहभागी

    काठमाडौं, वैशाख १० – बरियता विवादका कारण यसअघिका मन्त्रिपरिषद बैठक बहिष्कार गर्दै आएका उपप्रधानमन्त्री बिमलेन्द्र निधि आइतबारको मन्त्रिपरिषद बैठकमा सहभागी हुनुभएको छ ।

  • जागिर छोडेर उपमेयरको उम्मेद्वार बन्दै बिना

    बर्दिया, वैशाख १० – स्थानीय तहको चुनाव नजिकिएसँगै जागिरबाट राजीनामा दिएर उम्मेद्वार बन्ने लहर चलेको छ । उपमेयर उम्मेद्वारका लागि सिफारिस भएपछि ठाकुरद्धाराकी बिना भट्टराई जागिरबाट राजीनामा दिएर चुनावमा लाग्ने तयारी हुनुहुन्छ ।

  • चुनावी प्रचारका लागि कांग्रेसले नारा तय गर्‍यो

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसले चुनावी प्रचारका लागि ‘हामी भित्र म, सबै अट्ने देश सबैलाई समेट्ने कांग्रेस’ नारा तय गरेको छ । आइतबारदेखि फेसबुक पेजबाट औपचारिक प्रचार सुरु गर्दै कांग्रेसले नयाँ नारा पनि सार्वजनिक गरेको हो ।

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया